साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा अंकल अंकको गिरावट आएको छ। नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ को विन्दुमा झरेको हो । घटेको बजारमा ८८ कम्पनीको शेयरभाउ बढेको छ भने १५२ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

नेप्से उपसमूहमा रहेका ५ समूह बढेका छन् ७ समूह घटेका छन्। व्यापार समूह सर्वाधिक २.०३ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ। आज बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

सिन्धु विकास बैंकः २८ करोड ५७ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड १८ लाख रुपैयाँ
सानिमा मिडिल तमोरः १४ करोड ४२ लाख रुपैयाँ
जानकी फाइनान्सः १३ करोड ३३ लाख रुपैयाँ
नेपाल फाइनान्सः १३ करोड २५ लाख रुपैयाँ
पोखरा फाइनान्सः ११ करोड ३० लाख रुपैयाँ
खानीखोला हाइड्रोपावरः ९ करोड ६१ लाख रुपैयाँ
सुपर मादी हाइड्रोपावरः ९ करोड ३७ लाख रुपैयाँ
मन्दाकिनी हाइड्रोपावरः ९ करोड ३७ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः ८ करोड ७८ लाख रुपैयाँ

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर