वीरगञ्ज । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिल कुमार परियार रहेका छन् ।

छोरीको शारीरिक र मानसिक व्यवहारमा अस्वभाविक परिवर्तन महसुस गरेपछि अभिभावकले सोधपुछ गर्दा जबरजस्ती करणी भएको बालिकाले बताएकी थिईन् ।
परियारले आफ्ना नाबालक छोराहरुसँग बालिका खेल्न आउने क्रममा आफु बस्ने घरको कोठामा लिएर जबरजस्ती करणी गर्ने गरेको बालिकाले बताएकी छिन् ।

असार २८ गते करणी भएको थाहा पाएपछि बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा परियारलाई जिल्ला प्रहरी कार्यालय पर्साले श्रावन १ गते पक्राउ गरेको हो । पक्राउ परेका परियारविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर