वीरगञ्ज । सरकारी मोटरसाइकलमा लागू औषध ओसारपसार गरीरहेको अवसरमा पर्सा प्रहरीले एकजना वडाअध्यक्ष र वडा सदस्यलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ७९ ग्राम खैरो हिरोईनसहित पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अम्बिका सहनी, वडा सदस्य बलिष्टर सहनी र रामआदेश सहनीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा आइतवार राति १० बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ वर्वानजिकैबाट वडाअध्यक्ष सहनी सवार ना १ ब ३५९४ नम्बर को गाउँपालिकाको मोटरसाइकल रोकेर चेकजाँच गर्दा फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रहरीले अमिरिका सहनीसँगै आएको ना ६२ प १९४२ मा सवारी वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र सोही मोटरसाइकल पछाडी सबार ५२ वर्षीय राम आदेश सहनीलाई पनि नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।

वडा अध्यक्ष अमिरिका सहनी र वडा सदस्य बलिष्टर सहनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनीधि हुन् ।स्रोतका अनुसार उनीहरुलाई छोडाउन नेकपा एमाले पर्साका नेताहरुले जिल्ला प्रहरी कार्यालयको दौडधुप सुरु गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर