भुवन यादव 

कलैया,फाल्गुन १८

चुनाव नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार लोकप्रिय नेता फर्मुल्लाह मन्सूरको पक्षमा जनलहर तीव्र बन्दै गएको छ। घरदैलो अभियान, टोल–टोलको भेटघाट तथा कोणसभाहरूमा उल्लेख्य सहभागिता देखिएसँगै मतदाताको समर्थन स्पष्ट रूपमा उनको पक्षमा उभिएको देखिन्छ।

काङ्ग्रेसका नेता मुकेश कुह्वाहाले काङ्ग्रेसको संगठन परिचालन र आम जनताको बदलिएको काङ्ग्रेस को प्रतिज्ञा पत्रले आम जनतामा उत्साह बढेकाले बारा ३ मा काङ्ग्रेस को जित पक्का भएको सहजै आकलन हुन थालेको बताएका छन ।

Nepali Congress का उम्मेदवार मन्सूरले विकास, सुशासन, रोजगारी सिर्जना र शिक्षा–स्वास्थ्य सुधारलाई मुख्य एजेन्डा बनाएका छन्। “समावेशी विकास र स्थिर नेतृत्व” भन्ने नारासहित अघि बढेका उनले युवादेखि ज्येष्ठ नागरिकसम्मको व्यापक साथ पाएका छन्।

स्थानीय बासिन्दाहरूले विगतमा सामाजिक कार्य तथा जनसरोकारका मुद्दामा सक्रिय भूमिकाका कारण मन्सूरप्रति विश्वास बढेको बताएका छन्। गाउँ–गाउँमा आयोजित छलफल कार्यक्रमहरूमा मतदाताले सडक, सिंचाइ, कृषि आधुनिकीकरण र युवाका लागि सीपमूलक तालिमलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्, जसलाई उम्मेदवार मन्सूरले आफ्नो प्रतिबद्धतामा समेटेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार बारा ३ मा कांग्रेसप्रति देखिएको उत्साह र संगठित प्रचारप्रसार अभियानले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। विभिन्न समुदाय तथा वर्गका प्रतिनिधिहरूले खुला समर्थन जनाउदा बारा ३ मा काङ्ग्रेस को जित पक्का भएको मतदाताहरुले बताउन थालेका छन । आज चुनावी प्रचारप्रसार को अन्तिम दिन मतदाताहरु उत्साहित भएर काङ्ग्रेस उम्मेदवार मन्सूरलाई बधाई तथा आशिर्वाद दिएका छन।

निर्वाचन मिति नजिकिँदै जाँदा बारा ३ मा फर्मुल्लाह मन्सूरको पक्षमा देखिएको जनलहरले चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर