शिल्पा कुश्वाहा

बारा,फाल्गुन ९ 

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, बारा क्षेत्र नं. ३ द्वारा बृहत क्षेत्रीय भेला सम्पन्न गरिएको छ।

करण राज प्यालेसमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै वक्ताहरूले लोकतन्त्र, समावेशिता र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै यसपटक क्षेत्र नं. ३ मा कांग्रेसको जित सुनिश्चित गर्न एकजुट भएर लाग्न आग्रह गरेका थिए।

भेलामा वक्ताहरूले जनताको चाहना अनुरूप शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकासका स्पष्ट एजेण्डा अघि सार्दै घरदैलो अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन। साथै, पार्टीभित्र एकता, अनुशासन र सक्रियतामा जोड दिँदै आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गर्न आम मतदातासँग अपिल गरिएको थियो।

कार्यक्रमका आयोजकले क्षेत्रका सबै वडा तहसम्म सशक्त प्रचार–प्रसार अभियान सञ्चालन गरिने जानकारी दिएका छन्। भेलाले कार्यकर्तामा नयाँ ऊर्जा थपिएको सहभागीहरूको भनाइ छ।

 

क्षेत्रीय सभापति प्रभात चौरसियाको अध्यक्षता तथा केन्द्रिय सह महामन्त्री उम्मेदवार फरमुल्लाह मन्सूरको प्रमुख आतिथ्यमा भएको भेलामा केन्द्रिय सदस्य रामानन्द प्रसाद यादव,जिल्ला सभापति राजेश राय यादव,समानुपातिक उम्मेदवार राजेन्द्र जयस्वाल,प्रीयन्का दास,सम्बिधान्सभा सदस्य लालबाबू सिंह ,मनोज भट्ट,पुर्व जिल्ला सभापति जयचन्द्र प्रसाद चौरसिया,पुर्व सचिव तेजनारायण कलवार,देबेन्द्र उपाध्याय,पुर्व छेत्रीय सभापती मुकेश कुश्वाहा,फुलमहमद मन्सूर,कलैया नगर सभापति पुरुशोतम पान्डे लगायतका क्षेत्रका सबै नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर