बाराको दुई ठाउँमा भएको सवारी दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर – ४ को सडकखण्डमा आइतवार साँझ ना ४ ख ४१८६ नम्बरको तेल ट्यांकरले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक महिलाको ज्यान गएको हो ।

ज्यान जानेमा मोटरसाईकलको पछाडी सवार रौतहटको विश्रामपुरकी ४० बर्षीय बबिता ठाकुर रहेकी छन भने त्यही दुर्घटनामा उनको ११ बर्षीय छोरी मोनी ठाकुर घाईते भई अस्पताल भर्ना रहेकी छन । ट्यांकर चालक घटना पछी फरार भएका छन तर प्रहरीले खोजि कार्य जारि राखेको छ ।

यसैगरी जिल्लै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ मा बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०३–००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा मोटरसाइकल चालक भारत, बिहारका २५ वर्षीय आदित्य कुमार पाठकको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार रौतहट, गौर नगरपालिका–१ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको गण्डक अस्पतालमै उपचार भइरहेको छ ।

ठक्कर दिएर फरार भएको पिकअप भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ निवासी २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर