
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।
अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । उनीहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेको जानकारी गराएका छन् ।