साजिर मन्सूर
कलैया,फाल्गुन ५
फेटा गाउपालिकाको १५ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले १५ औ बिशेष गाउँ सभाको उदघाटन गरेका थिए । उनले चालू आवको
नीति कार्यक्रम तथा बजेट संशोधन गर्न यो गाउँ सभाले सहयोग गर्ने बताए ।
गाउपालिका अध्यक्ष अन्सारीले गाउपालिकालाई आवस्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । अन्सारीले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका छन । अन्सारीले शिक्षा स्वास्थ्य खानेपानी मा मुख्य रुपमा ध्यान पुर्याईएको बताए ।
उनले संघ सरकारले बजेट पठाउदा हरेक बर्ष पहिलाको दाजोमा कम गर्दै गएकाले उपलब्ध बजेटको उच्चतम प्रयोग गरि आवस्यक खालका योजनामा छुट्याउन सबै जनप्रतिनिधि मा अपिल गरेका छन ।
गाउपालिका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न गाउ सभामा गाउपालिका उपाध्यक्ष निलम साह,सातै वडाका वडा अध्यक्षहरु क्रमशः बिगन दास तत्मा,नरेश प्रसाद, प्रह्लाद प्रसाद साह,वकिल प्रसाद यादव अहिर,अयुब मिया अन्सारी,अमिर हम्जा ठकुराई,पप्पु सिंह,कार्यपालिका सदस्यहरु उपेन्द्र साह,मदन साह कानु,सङिता देबि,रिना देबि,सुनैना देबि,उर्मिला देबि कोईरिन, गाउ सभा सदस्यहरु,
सम्पुर्ण शाखा प्रमुखहरु,सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर प्रसाद सिंहले सुभकामना मन्तव्य राख्दै संशोधित नीति कार्यक्रम लाई प्राथमिकता दिएर कार्य गर्ने बताए । कार्यक्रमको सन्चालन शाखा अधिकृत सुनिल कुमार साहले गरेका थिए ।








