पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा र चरेशसहित वीरगंजबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बंगाल बस्ने २८ बर्षीय राज अधिकारि र वीरगंज १६ बस्ने ३० बर्षीय आरती यादव रहेका छन ।
प्रहरीले रक्सौलबाट वीरगंज आउदै गरेको सवारीलाई चेकजाँच गर्ने क्रममा वीरगंजको ईनर्वाबाट भारतीय नागरिक अधिकारिलाई प्रतिबन्धित गाँजा ६ किलो ३ समय ग्राम र चरेश २ किलो समय ग्रामसहित पक्राउ गरेको छ ।
यसैगरी शंकराचार्य गेटबाट वीरगंज १६ बसपार्कमा कोठा भाडामा लिएर बस्ने आरती यादवलाई चरेश ११ किलो ४ सय ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता सुबास भट्टले बताउनुभयो ।







