
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । समूह ‘ए’ काे याे खेल रावलपिन्डीमा पाैने ३ बजे शुरू हुनेछ ।
याे खेलमा पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतकाे खाेजीमा हुनेछन् । दुवै टाेलीले यसअघिका दुई खेल हारेका छन् । सन् २०१७ मा उपाधि विजेता पाकिस्तान यसपालि समूह चरणबाटै बाहिरिएकाे हाे । याे समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।
आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तान र बङ्गलादेशबीच पहिलाे पटक भेट हुन लागेकाे हाे । यस्तै पाकिस्तान र बङ्गलादेशबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ३९ पटक भेट भएकाेमा पाकिस्तानले ३४ र बङ्गलादेशले ५ खेल जितेकाे छ ।
च्याम्पियन्स ट्रफीकाे समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।