साजिर मन्सूर 

कलैया,फाल्गुन १७

ज्येष्ठ नागरिकको सम्मान र आवस्यक स्वास्थोपचार मेरो प्राथमिकता भएको कलैया उपमहानगरपालिका वडा नम्बर २६ का अध्यक्ष तथा जसपा नेपालका नेता अध्यक्ष धर्मेन्द्र प्रसाद यादवले बताएका छन । वडा द्वारा बिनियोजित योजना जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । वडा अध्यक्ष यादवले आफुले चुनावका बेला पनि यस वडाका सम्पुर्ण जनताको सेवक भएर काम गर्ने तर जेष्ठ नागरिकको अङ्ग रछ्क भएर काम गर्ने प्रतिबद्धता जनाए अनुसार वहाहरुको लागि आफू २४ सै घण्टा खटिरहेको बताएका छन ।

जेष्ठ नागरिकलाई सम्मान गर्दा व्यक्तिगत, सामाजिक, नैतिक, तथा सांस्कृतिक रूपमा समेत विभिन्न फाइदाहरू हुने उनले धारणा राखेका छन ।

यादवले जेष्ठ नागरिकहरू हाम्रो संस्कृतिको धरोहर हुन्। उनीहरूलाई सम्मान गर्दा समाजमा पारस्परिक सद्भाव र नैतिक मूल्यहरूको संरक्षण हुने बताए । हामिले यस्तो कार्यक्रम गर्दा जेष्ठ नागरिकहरूले जीवनभर संकलन गरेको ज्ञान, सीप, र अनुभव नयाँ पुस्ताले सिक्न सक्छन्, जसले समाजको समग्र प्रगति हुन्छ बताए ।

वडा अध्यक्ष यादवले हाम्रो कर्तव्य हो कि हामी जेष्ठ नागरिकलाई आदर र सम्मान गरौँ। यसले पारिवारिक तथा सामाजिक मूल्यहरूको उन्नति गर्छ जेष्ठ नागरिकलाई सम्मान गर्दा युवापुस्तामा सकारात्मक प्रेरणा उत्पन्न हुन्छ, जसले उनीहरूलाई पनि भविष्यमा यस्तै सम्मान प्राप्त गर्नका लागि राम्रो कार्य गर्न प्रेरित गर्छ भने ।

सम्मानित महशुस गर्दा जेष्ठ नागरिकहरूमा आत्म-सम्मान बढ्छ, जसले उनीहरूको मानसिक तथा भावनात्मक स्वास्थ्य राम्रो रहन्छ।

जेष्ठ नागरिकलाई सम्मान गर्नाले समाजमा सबै उमेरका व्यक्तिहरूबीच परस्पर सहयोग, करुणा, र सहानुभूतिको भावना बढ्छ।

वडा अध्यक्ष यादवले आफुले वडामा जेष्ठ नागरिक संरक्षण समिती बनाउन लागेको बताउदै यो समितिले वडाका जेष्ठ नागरिकको समस्याको समाधानका लागि वडामा फास्ट ट्र्याकमा सहजीकरण गर्ने उदेश्य लिइएको बताए । उनले जेष्ठ नागरिकले पाउदै आएका भतामा गिद्दे नजर नलगाउन परिवारका सदस्यहरुलाई आग्रह गरे । उनिहरुले पाउने भता औषधि उपचार तथा खानपानका लागि राज्यले उपलब्ध गराउने भएकाले परिवारका कसैले पनि त्यसमा लोभ गर्न नहुने बताएका छन ।

 

कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादवले जेष्ठ नागरिकका सवालमा कुनै किसिमको दायाँबायाँ नहुने गरि संरक्षण समितीले काम गर्नुपर्ने बताए । आजै वडाले सम्पुर्ण जेष्ठ नागरिकको निशुल्क आँखा चेक जाँच गर्नु ब्यवस्थापन पनि गरिएकोले वडालाई धन्यवाद दिए । उनले देशमा भएको कानुन अनुसार बुवाको सम्पत्ति बुवा नरहदा छोराछोरीको हुने बाध्यात्मक कानुन फेरेर बुवाआमाले आफू जिउदो रहेकै बेला सन्तानलाई दिए उस्को हुने नभए नहुने यो कानुन बन्न जरुरी रहेको बताएका छन ।

 

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जब परिवारमा जेष्ठ सदस्यहरूको सम्मान गरिन्छ, तब पारिवारिक एकता बलियो हुन्छ, र पुस्तागत सम्बन्धहरू थप सुमधुर बन्छन् भने।

साहले समग्र रूपमा, जेष्ठ नागरिकलाई सम्मान गर्नाले समाज नै सुशासनयुक्त, संस्कारयुक्त र उन्नत बन्न मद्दत गर्छ भन्दै यो कार्यक्रम बाट आफू अत्यन्तै हौसिएको बताउदै समग्रमा सबल र असल समाज निर्माणका लागि जेष्ठ नागरिकको सम्मान जरुरी भएको बताए ।

वडा अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु श्यामबाबु यादव,सुबास मिया अन्सारी,सबिता देबि राम,पार्वती देबि,वडा सचिव गोरख प्रसाद पन्डित,आधारभुत स्वास्थ सेवा केन्द्र कलैया २६ का प्रमुख रुस्तम अन्सारी,किरण अँखा अस्पतालको तर्फबाट आरती गुप्ता,गृन पुस नेपालका प्रतिनिधि दिपेन्द्र प्रसाद यादव सहित वडाका ३१० जना जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

जेष्ठ नागरिकहरुलाई दोशल्ला,गम्छा सहित सम्मान गर्दै भोजन गराईएको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर २६ को सहयोगमा भएको कार्यक्रमको आयोजना गृन पिस नेपालले गरेको थियो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर