धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ।
एक साताअघि हराएकी अञ्जलीको खोजीका क्रममा प्रहरीले शनिबार राति उनको घरभित्र गाडिएको अवस्थामा शव भेट्टाएको हो। प्रारम्भिक अनुसन्धानका अनुसार घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने परिवारले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।







