साजिर मन्सूर
कलैया,फाल्गुन १९
सामुदायिक सुरक्षा जालो र महिलाबादी आन्दोलनको सुदृढीकरण का लागि दुई दिने तालिमको फेटा गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले उदघाटन गरेका छन ।
ललितपुरको टेवा धापाखेल ललितपुर को सहयोग तथा ग्रामीण उत्थान अभियान बारा ले आयोजना गरेको तालिममा गाउपालिकाका ३० जना महिलाहरुको उपस्थिति रहेको छ ।
गाउपालिका अध्यक्ष अन्सारीले यो तालिमले महिलाको अधिकार न्याय र शक्ति,महिलाबादी नेतृत्व प्रवर्द्धन,परोपकारिताको प्रवदन,सबल र दिगो संस्था ,दिप योगिनी -दिगोपना तथा महिलाबादी सिकाई जस्ता छेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बिश्वास लिएको बताए ।
ग्रामीण उत्थान अभियानका संस्थापक मुकदम अन्सारीले टेवा देश भरका महिला समूह र संस्थाहरुलाई सहयोग एवम अनुदान दिदै आएको बताउदै खासगरी बिदेसी दाताहरुको मुख ताक्ने काम छोडेर आफै सहयोग जुटाएर सहयोग गर्नुपर्ने अवधारणा अनुरुप टेवाले काम गर्दै आएको बताए । टेवाको मुख्य कार्यक्रम अनुदान बितरण,छमता अभिबृद्दी तालिम र नेटवर्किङ,अध्ययन अनुगमन र मुल्यांकन मेन्टरशिप कार्यक्रम भएको र यसले बाराका महिलाहरुलाई समेत जागरुक बनाउन मदत पुर्याईरहेको बताए ।
साउमी फिनल्यान्ड तथा युएन वोमेन र टेवाको सहयोगमा भएको तालिमको आयोजना ग्रामीण उत्थान अभियानले गरेको हो ।
दुई दिने तालिमको सन्चालन ग्रामीण उत्थान अभियान को कार्यक्रम संयोजक संगीता पटेलले गरेकी थिइन । तालिमको सहजीकरण टेवाकी कार्यक्रम अधिकृत राधिका परियार तथा शोभा बैठाले गरिरहेकी छन ।







