बिश्वास सम्बादाता
कलैया,फाल्गुन २२
आम जनता पार्टीको बारागढी गाउँपालिकाको प्रथम गाउँ भेला आज सम्पन्न भएको छ । आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । उत्साहवर्धक जनसहभगितामा भब्यताकासाथ कार्यक्रम सम्पन्न भएको आजपा नेता एवम मधेश प्रदेश अध्यक्ष उमेश कुश्वाहाले जनाएका छन । अहिले दल एन्ड कम्पनीको कब्जामा रहेको लोकतन्त्रलाई मुक्त गराउन तथा नागरिक सर्वोच्चता सहितको वास्तविक लोकतन्त्र स्थापना गराउन तेश्रो जनआन्दोलनको पथमा सबैमिलेर अगाडि बढने प्रतिबद्धता सहित भेला सम्पन्न भएको कुश्वाहाले बताए ।
कार्यक्रमको अध्यक्षता आजपाको बारा जिल्ला अध्यक्ष राजकिशोर साहले गरेका थिए । सो अवसरमा बिशिस्ट अतिथी पार्टी केन्द्रिय बरिष्ट उपाध्यक्ष उपेन्द्र साह,पार्टी केन्द्रिय उपाध्यक्ष अशोक लामा,पार्टी महासचिव त्रिभुवन साह,पार्टी उप- महासचिव चन्द्रभूषण साह, राजन यादव,पार्टी स्थाई कमिटि सद्स्य नरेश तुराहा, बिशवराज पटेल, बिजय यादव, लखिन्द्र साह, पार्टी केन्द्रिय सद्स्य संदेश साह,किरण यादव, अरुण चौधरी, दिनेश सहनी, बिबेक साह लगायतकाको उपस्थिति थियो । भेलाको संचालन बसन्त चौधरीले गरेका थिए ।







