साजीर मन्सूर
कलैया,फाल्गुन २३
“आज लडेकीके देखि दम, ई रेस जितम हम” भन्ने नारा सहित महागढिमाई नगरपालिकामा पालिका स्तरिय अन्तर मा.वि. छात्रा सुस्त गति साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ श्री गढीमाई महेन्द्र प्राविधिक नमुना मा.वि. बरियारपुर, बाराको मैदानमा प्रतियोगिता सम्पन्न भएको हो । सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण ११५औं अन्तराष्ट्रिय महिलां दिवस ८ मार्च २०२५ को अवसरमा आयोजित पालिका स्तरिय साइकल दौड प्रतियोगिता मा श्री नेरा माबी बबुआईन कि करिणा चौधरी प्रथम भएकी छन । त्यस्तै श्री गढिमाई महेन्द्र प्राबिधिक बिधालयकि अनु कुमारी जयस्वाल द्वितीय र सोही बिधालयकी शर्मिला पटेल तृतीय भएको जनजागरण युवा क्लब कलैयाका कोषाध्यक्ष सियाराम यादवले जानकारी गराएका छन । प्रथम/द्वितीय/तृतीय लाई क्रमशः नगद रु ७५००/५०००/३००० सहित मेडल प्रमाणपत्र प्रमुख अतिथि यादवले बितरण गरेका थिए ।
प्रतियोगितामा पालिकाका ७ माबी को सहभागिता रहेको थियो ।
अतिरिक्त कृयाकलाप मार्फत छात्राहरुको मनोबल बढाउने तथा छोरी पढाउन अभिभावकलाई उत्प्रेरित गर्ने उदेश्यले प्रतियोगिता सन्चालन गरिएको प्रमुख अतिथि नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।
स्थानिय जनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा
सहयोगः इस्लामिक रिलिफ नेपालको प्राविधिक, इस्लामिक रिलिफ क्यानडाको आर्थीक सहयोग तथा जन जागरण युवा क्लबाJJYC) बाराको आयोजनामा सञ्चालित (SCR) तथा महागढीमाई नगरपालिकाको रहेको थियो ।
विशाल कुमार लहेराको अध्यक्षतामा भएको कार्यक्रममा
विशिष्ट अतिथि जनजागरण युवा कलब (JJYC) बाराको कोषाध्यक्ष सीयाराम यादव,कार्यपालिका सदस्य सानमती राम , रामविश्वास प्रसाद चौरसिया (शिक्षा शाखा प्रमुख, महागडीमाई नगरपालिका) सहितकाको उपस्थिति रहेको थियो ।







