साजिर मन्सूर
कलैया,फाल्गुन २५
कसुरजन्य सम्पत्ति ब्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायहरू सङ्ग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय कसुर जन्यसम्पत्ति ब्यवस्थापन बिभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाराको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कुनै गैरकानुनी, आपराधिक वा अनैतिक कार्यबाट उत्पन्न भएको सम्पत्तिलाई कसुरजन्य सम्पत्ति बुझिन्छ बताउदै यस्तो सम्पत्ति अपराध, ठगी, भ्रष्टाचार, लागुऔषध कारोबार, गैरकानुनी व्यापार, करछली, मानव तस्करी जस्ता गैरकानुनी गतिविधिबाट आर्जित हुने गरेको बताए ।
उनले नेपालको “आपराधिक सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४” अनुसार, कसैको अवैध क्रियाकलापबाट प्राप्त धन, सम्पत्ति वा कुनै लाभलाई कसुरजन्य सम्पत्ति मानिन्छ। कानुन अनुसार, यस्तो सम्पत्तिलाई जफत गर्न सकिन्छ वा कानुनी कारबाहीको भाग बनाउन सकिन्छ।
संक्षेपमा, कुनै अपराध वा गैरकानुनी कार्यबाट आर्जित हुने धन वा सम्पत्ति नै कसुरजन्य सम्पत्ति हो।
राजस्व अनुसन्धान कार्यालयमा पनि धेरै लामो समय देखिको सामग्री रहेको त्यसको लगत संकलन गरिरहेको बताउदै संबंधित बिभागले समेत साधन कुहाएर जान नदिइयोस त्यो काममा लागेको बताए ।
कसुरजन्य सम्पत्तिको प्रत्येक ३/३ महिनामा लगत संकलन गर्न संबंधित कार्यालयलाई पत्र लेख्ने गरेकाले समयमै उपलब्ध गराउन सहायक प्रजिअ छबिरमण भट्टराई ले बताए ।
बाराका प्रजिअ वसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिभागका उप सचिव कृष्ण प्रसाद शर्मा,लेखा अधिकृत गणेश प्रसाद घिमिरे,ईन्जिनियर आलोक कुमार चौधरी,कम्प्युटर अपरेटर हर्कराज भट्ट त्यस्तै जिल्ला स्थित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।







