साजिर मन्सूर
कलैया,फागुन २५
सुशासन पारदर्शीता जवाफ देहिता कलैया उपमहानगरको प्रतिबद्धता भन्ने नारा सहित आज कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन स्थित वडा कार्यालय भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगर उप प्रमुख तथा कार्यवाहक मेयर रौषन प्रविणले उठेका सबै प्रशनको जवाफ दिनुभएको छ । उनले सरसफाइ,शिक्षा र कृषि एवम किसानको बिकास मा आफू लागेको बताउदै शहरी छेत्रको बिकास पछि अब पुर्ण रुपले पालिकाको ग्रामीण भेगमा ध्यान दिने गरेको बताएकी छन । उनले कलैया बासिको गौरवको योजना मानवत मटिअर्वाको अधुरो बाटोको काम द्रुत गतिमा भैरहेको बताउदै त्यहाबाट निस्केका ग्राभेलले कलैयामा बैकल्पिक मार्गका रुपमा खौराहा को बाटो पनि निकालिएको बताईन । बजारमा बनेको नया सौचालय सन्चालनमा आईसकेको,बजारको सेड निर्माण,नया प्रशासकिय भवन अन्तिम चरणमा,टाउन हल पनि सम्पन्न हुने बेला भएको जानकारी गराउदै स्थानियले उठाएका सवालको जवाफ दिएकी छन ।

oplus_2
उठेका सबै जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकिय अधिकृत नाथु साहले अहिले बिश्वभर नै आर्थिक मन्दी रहेका कारण देशमा पनि असर परि पालिकामा पनि पहिलाको जस्तो बजेट आउन नसकेको बताए । साहले उठेका जिज्ञासा को सम्बोधन गर्दै कलैया अब अवस्य पहिलाको भन्दा राम्रो बन्दै गएको र यसमा हालका जनप्रतिनिधि र नगरबासिको योगदान रहेको बताए । उनले अहिले अवान्डामा पैसा राख्न नपाउने भएकाले चाहे को बेला जे मा पनि योजना दिन नसकिएको बताए । एक जना बिजुली मिस्रीको पोलमा चढ्दा खसेर ज्यान गएपछि उनको परिवारलाई एक लाख सहयोग गरिसकिएको र अन्य सहयोग भए त्यो पनि गर्ने जनाए । सरकारको राजस्व संकलन घट्दा पनि समस्या बढेको बताए ।
सुनुवाईका क्रममा स्थानिय भुनेस्वर प्रसाद ले वडामा किसानलाई सिचाईमा अत्यन्तै असहज भएको,मल खाद नपाईएको,ईमरिती सिचाईको समस्या रहेको बताएका थिए ।
शंकर यादवले बिजुलि मिस्रीको निधन हुदा आवस्यक सहयोग नपाएको बताए ।
पुर्व शिक्षक रामअयोध्या जयस्वलले वडा नम्बर १४ मा नालाको समस्या समाधान नभएको,पदम रोडको अतिक्रमण गरिएकोले सो निकाल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएको प्रती असन्तुष्टि जनाएका छन ।
स्थानिय नेता पुर्व गाबिस अध्यक्ष तैयब अन्सारिले अहिले जनप्रतिनिधि र कर्मचारी सबै जिम्मेवारी बाट भागिरहेको आरोप लगाए ।
भवरा माबिका प्रधानाध्यापक ब्रज किशोर मिश्राले बिधालयका १२ जना बढी बिद्यार्थीको जन्म दर्ता सचिवले नबनाउदा उनिहरुले परिक्षा दिनबाट आज बन्चित भएको प्रति स्थानिय सरकारलाई दोस लगाएका छन । बिधालयमा पर्खाल नहुदा समस्या हुनुको साथै बिधालयको जग्गा अतिक्रमण गरि केहिले घर बनाउदा समेत कसैको ध्यान नजानु दुखद भएको बताए ।
गायत्री रायले लक्षमिनिया गाउको बिधालयको बाटोमा नै भैंसी बाध्दा बिधार्थि र शिक्षकलाई आउ जाउ गर्न अत्यन्तै समस्या भैरहेको बताईन । वडामा कुनै पनि योजना आउदा जानकारी गराईदैन,चापाकल बितरणमा काखापाखा,नालाको समस्या रहेको बताईन ।
श्याम महतोले उपमहानगरपालिकामा प्राबिधिक फाटका कर्मचारीहरु समयले अफिसमा नबस्दा सेवाग्राही मारमा पर्ने गरेको गुनासो गरे । नगर प्रहरी अनावश्यक भर्ना गर्नु पनि गलत भएको बताए ।
त्यस्तै बघवन माबिमा समेत सरुवा भएर आएको शिक्षक सुनिता दास हाल सम्म हाजिर नभएको र अर्को एक जना समेत नाम निकालेर अन्यत्र जादा बिधालयमा दुई जना शिक्षक खाली भएको प्रति उपमहानगरपालिकाको ध्यानाकर्षण गराए ।
कलैया उपमहानगरपालिकाको स्थानिय शासन बिज्ञ रहेका नजबुल्लाह अन्सारीले स्वागत मन्तव्य दिदै वडा बाट प्रवाह हुने सेवा सहज रुपमा पुगे नपुगेको,नगरबाट आउने योजना पालिकामा भयो कि नाई यी तमाम बिषयमाथी खुल्ला छलफल हुने बताए । सार्वजनिक सुनुवाइले पारदर्शिता,जवाफदेहीता,र निर्णय प्रक्रियामा लोकतान्त्रिक सहभागिताका लागि एक सम्यन्त्रको रुपमा काम गर्दछ अन्सारीले भने ।

oplus_2
कार्यक्रममा ईन्जिनियर माधव यादव,वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयस्वालु,वडा सदस्यहरु राजकली देबि,रमावती देबि,प्रयाग ठाकुर हजाम,राजकुमार जयस्वाल,वडा सचिव रामनरेश साह,स्वास्थ्य प्रमुख महमद सज्जाद,गायत्री गुप्ता,नेहा गिरि,ललिता चौधरी सहित नगरबासी लगायतकाको उपस्थिति थियो ।

oplus_2
पत्रकार साजिर मन्सूरले सहजीकरण गरेको कार्यक्रमको आयोजना कलैया उपमहानगरपालिका वडा नम्बर १४ ले गरेको थियो । ब्यवस्थापन ईन्स्टिच्युट फर स्ट्रेटेजिक रिसर्च एन्ड प्रोफेसनल ट्रेनिङले गरेको थियो ।







