साजिर मन्सूर

कलैया,फाल्गुन २५

बारामा चर्को स्वरमा डिजे नबजाउन जिल्ला प्रशासन कार्यालय बाराले बिज्ञप्ति निकालेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ

१. यस जिल्लाका विभिन्न भागमा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका विभिन्न कार्यक्रमहरूमा डिजे साउण्ड सिस्टम प्रयोग गरी चर्को आवाजमा बजाउने गरिएको कारणवाट सर्वसाधारणहरूको व्यापक जनगुनासो तथा अस्पताल, विद्यालय, कार्यालय लगायतका स्थानहरूमा ध्वनी प्रदुषणबाट समस्या आउनुको साथै आफ्नो स्थानीय मौलिक बाजागाजा, लोक संस्कृतिहरू समेत लोप हुन लागेको हुँदा जिल्लाभर डिजे साउण्ड सिस्टम बजाउन, सवारी साधनमा राखी एक ठाउँबाट अर्को ठाउँमा बजाउँदै लैजाने कार्यलाई निरुत्साहित गर्दै यस अघिनै रोक लगाउने निर्णय भएको व्यहोरा सबैलाई आवगत नै छ । तसर्थ सो आदेशको बर्खिलाप भए गरिएको पाईएमा डिजेका लागि प्रयोग हुने वाद्य सामाग्री जफत गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईएको छ ।

 

२. २०८१ सालको फागु/होली पर्व मनाउने क्रममा व्यक्तिको इच्छा विपरित जथाभावी रङ्ग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक कार्यहरू हुन नदिन सुरक्षा निकायबीच सूचना आदान प्रदान एवम् आपसमा समन्वय गरी नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल र ट्राफिक प्रहरी समेतको उपस्थितिमा जिल्लाका विभिन्न स्थानहरूमा संयुक्त चेक प्वाइन्ट राखी भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने हानिकारक रङ्गीन बस्तुहरु, केमिकल, प्लाष्टिकजन्य लोला आदिको प्रयोग एवम् आयात र बिक्री वितरण समेत नगर्न नगराउनु हुन अनुरोध छ। सुरक्षा निकायबाट अनुगमन गर्दा कोही कसैबाट त्यस्तो कार्य भए गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा कारवाही भई जाने व्यहोरा समेत जानकारी गराईन्छ ।

 

हिन्दु धर्मावलम्बीहरूले मनाउने विभिन्न चाडपर्वहरू मध्ये फागु/होली पनि एउटा महान पर्व हो । रङ्गहरूको यस पावन पर्वका अवसरमा सुख, शान्ति, उन्नति, प्रगति, समृद्धि तथा आपसी स‌द्भाव र सौहार्दता अभिवृद्धि गर्न सहयोग पुगोस भनी सम्पूर्ण जिल्ला बासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर