सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-३ सकरपुरामा आइतबार राति ८ बजेतिर आगलागी भएको छ । आगलागीबाट स्थानीय नथुनी यादवको दुई, लखन मुखियाको एक र गोकर्ण मुखियाको तीन वटा कोठा भएका एक घर गरी चार वटा घर जलेको छ ।

आगलागीमा परी नथुनी यादवको एक खसी र एक बाख्रासमेत जलेर मरेका वडाध्यक्ष रमेश मुखियाले जानकारी दिए ।

आगो राजविराजबाट गएको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा राति ९ बजे नियन्त्रणमा लिइएको पालिकाका विपद व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर