साजिर मन्सूर 

कलैया,फाल्गुन २६

केडिया आँखा अस्पताल परवानिपुरले आफनो ५० औ बार्षिक उत्सवको उपलक्ष्यमा १४ जना अशक्त ब्यक्तिलाई ह्विल चेयर र स्ट्रेचर हस्तान्तरण गरेको छ । पर्साका चर्चित समाजसेवी प्रकाश थारुको पहलमा सो सहायता हस्तान्तरण गरिएको छ ।

बारा जिल्लाको विभिन्न पालिकाको शारिरिक अपाङ्गता भएको १४ जना व्यक्तिहरुलाई जनही एक थान को दरले १४ वटा ह्विलचेयर र एक थान स्ट्रेचर निज हरुको घर घर मै पुगि  प्रदान  गरिएको थारुले जनाएका छन ।

कलैया को ३जना ,महागढीमाई नगरपालिकाको २ जना ,सिम्रौनगढ नगरपालिकाको १ जना र आदर्शकोतवाल गाउपालिकाको ८ जना गरि जम्मा १४ जनालाई ह्विल चेयर बितरण गरिएको हो । आदर्श कोतवाल गापा निवासि अपांग महासङ्घ सदस्य सुनिल कुमार यादवलाई स्ट्रेचर एक थान एक कार्यक्रम गरी प्रदान गरिएको हो । ह्विल चेयर पाउने सम्पूर्ण व्यक्तिहरु पुर्ण रुपमा अपाङ्ग रहेको थारुले जनाए ।

समाजिक अभियन्ता प्रकश थारुको पहलमा यि शारीरिक अपाङ्गता भएको व्यक्तिहरुको घर घरमा पुगि यकिन गरि ह्विलचेयर उपलब्ध गराईएको हो ।

सो अवसरमा थारु सहित केडिया आँखा अस्पतालको प्रतिनिधि भरत ठकुर,सुशील पटेल,अपांग महासंघको सदस्य सुनिल कुमार यादव, प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल, वार्ड अध्यक्ष जवाहीर अन्सारी , मिथिला सार्थी समाजको कोषाध्यक्ष जितेन्द्र पटेल तथा  स्थानीयहरुको उपस्थितिमा एक कार्यक्रम बिच ह्विल चेयर तथा स्ट्रेचर हस्तान्तरण गरिएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर