साजिर मन्सूर 

कलैया,फाल्गुन २७

डिजिटल साक्षरता र सुरक्षित ईन्टरनेट प्रयोगका लागि महिला नेतृत्व बिकासका लागि ३ दिने तालिम सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले एक कार्यक्रमका बिच तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरि तालिममा सिकेका कुरा ब्यवहारमा लागू गर्न सुझाव दिएका छन ।

सिकेका सीपहरू परिवार, समुदाय र अन्य महिलाहरूसँग साझा गर्ने संस्कार विकास गर्ने।

डिजिटल माध्यममार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उपायहरूबारे छलफल गर्ने।

यो तालिम महिलाहरूलाई डिजिटल दुनियाँमा सुरक्षित, आत्मनिर्भर र प्रभावकारी नेतृत्वदायी भूमिकामा स्थापित गराउने लक्ष्यसहित सञ्चालन गरिएको मेयर साहले बताए।

कलैया १ मोतिबाग स्थित नागरिक महासंघ नेपाल बारा कलैयाको हलमा तालिम सम्पन्न भएको हो । तालिममा उज्वल आचार्यले सहजीकरण गरेका थिए ।

तालिमको प्रमुख उद्देश्य महिलाहरुलाई कम्प्युटर, स्मार्टफोन, इन्टरनेट, तथा डिजिटल प्लेटफर्महरूको आधारभूत ज्ञान प्रदान गर्ने।

ईमेल, सर्च इन्जिन, अनलाइन संचार (सोशल मिडिया, मेसेजिंग एप्स) को सुरक्षित प्रयोग सिकाउने रहेको आयोजक संस्थाका अध्यक्ष जितेन्द्र यादवले बताए ।

साइबर सुरक्षाका आधारभूत उपायहरू (सुरक्षित पासवर्ड, टू-फ्याक्टर अथेण्टिकेसन, फिशिङ आक्रमणबाट बच्ने उपाय) सिकाउने।

गोपनीयता (Privacy) र डेटा सुरक्षा (Data Protection) को महत्व बुझाउने।

अनलाइन ठगी, दुर्व्यवहार (Cyberbullying) तथा डिजिटल हिंसाबाट कसरी सुरक्षित रहने भन्ने जानकारी दिने यादवले बताएका छन ।

यादवले महिलाहरुलाई डिजिटल प्लेटफर्ममार्फत आत्मनिर्भर बन्न प्रेरित गर्ने (जस्तै: ई-कमर्स, फ्रीलान्सिङ, डिजिटल मार्केटिङ)।

नेतृत्व क्षमता विकासका लागि डिजिटल मिडिया प्रयोग गर्ने तरिकाहरू सिकाउने।

सामाजिक अभियान तथा महिलाको हक-अधिकारका लागि डिजिटल साधनहरूको प्रभावकारी उपयोगबारे प्रशिक्षण दिने उदेश्य रहेको बताए ।

 

कलैया उपमहानगरपालिकाको आर्थिक सहयोगमा सेन्टर फर मिडिया रिसर्च काठमाडौको प्राबिधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर