बिश्वास डेस्क

कलैया,फाल्गुन २९

परवानीपुर गाउँपालिकाद्वारा आयोजना गरिएको होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सेमिनार हलमा भएको होलि मिलन कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा होलि पर्व सभ्य र भाईचारालाई बढाउने किसिमले मनाउन आग्रह गर्नु भएको थियो । उनले होलिमा अस्लिल गित र डिजे नबजाउन समेत सबैमा आग्रह गर्नु भएको थियो ।उनले कसैलाई जबर्जस्ति लोला नहाल्न र रङ्ग नदल्न बताए । सो अवसरमा बिशिष्ट अतिथि उपाध्यक्ष सुगान्धी देवि कनुइन, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार सहित सम्पुर्ण वडा अध्यक्षहरु क्रमशः चोकट महतो धानुक, नुरुल होदा अन्सारी, इब्राहिम मियाँ धोबी, गम्भिरा प्रसाद पटेल, रामेश्वर प्रसाद कलवार, कार्यपालिका सदस्य, एमाले जिल्ला कमिटी सदस्य ध्रुब प्रसाद यादव, नेकपा एमाले निर्वाचन क्षेत्र नं. ४ ख का इन्चार्ज मोबिन आलम, किसान महासंघ मधेस प्रदेश सचिव उमेश गुप्ता सहित वडा सदस्यहरु, स्थानिय नेताहरु, पालिका कर्मचारी सहित संचारकर्मिहरुको उपस्थिति रहेको थियो । गाउँपालिकाको शिक्षा शाखा प्रमुख रबिन्द्र मिश्राले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले राख्‍नु भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर