
बारा प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा हाजिर गराएको छ ।
बारा जिल्ला अदालत कलैयाबाट विभिन्न मुद्दामा दण्ड सजाय तोकिएका दुईजनालाई पक्राउ गरी अदालतमा हाजिर गराएको हो ।
प्रहरीले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका कलैया उपमहानगरपालिका–१६ का राघव प्रसाद कानुलाई पक्राउ गरी अदालतमा हाजिर गराएको छ ।
त्यस्तै मोटरसाइकल चोरी मुद्दामा दुई सय रुपैयाँ जरिवाना फैसला भएपनि वेवास्ता गरेर फरार रहेका कलैया उपमहानगरपालिका–२१ का नरेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।