
साजिर मन्सूर
कलैया,चैत ३
गाउघरमा क्रसर उधोग खोल्न पाईदैन,बाताबरण प्रदुषण गर्न पाईदैन,हाम्रो स्वास्थ को जिम्मा ले,क्रसर यथाशीघ्र बन्द गर लगायतका नारा सहित कलैया उपमहानगरपालिका २४ श्रीपुरका जनताले क्रसर उधोग को सास्ती बिरुद्ध आन्दोलन शुरु गरेका छन । उनिहरुले क्रसरले आफुहरु अत्यन्तै असहज अनुभव गरिरहेको बताउदै यथाशीघ्र बन्द गर्न माग गरेका छन । स्थानिय मिना चौधरीले क्र्सर ले गर्दा यहाका सम्पुर्ण ज्येष्ठ नागरिक देखि बालबालिकामा दम खोकी सहित स्वासप्रस्वास को रोग बढ्न थालेकोले सम्पुर्ण गाउबासिले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएकी हुन । उनले स्थानिय प्रशासन या सरोकारवाला निकायले के आधारमा गाउँ बस्तिमा क्रसर खोल्ने अनुमति दिएको भन्ने पनि जाचबुझ हुनुपर्ने माग गरेकी छन ।