
साजिर मन्सूर
कलैया,चैत ३
पुर्व बिशिस्टहरुलाई करोडौं सुबिधा दिने हाम्रो देश नेपालमा अहोरात्र खटेर काम गर्ने चिकित्सकहरुलाई होलि पर्वमा समेत तलब नदिएको भन्दै चिकित्सकहरु पेन डाउन गरि आन्दोलन थालेका छन । प्रादेशिक अस्पताल कलैयामा छात्रवृत्ति करारमा कार्यरत १४ जना चिकित्सकहरु ४ महिनाको तलब नपाएको भन्दै आन्दोलनमा उत्रेका छन ।
महान पर्व होलिको दिन र रातमा पनि ड्युटी गर्ने गरेका चिकित्सकहरुले एक सुका पनि तलब नपाएको भन्दै दुखी भएर आन्दोलन थालेका हुन । प्रादेशिक अस्पताल कलैयामा अहिले पछिल्लो समय बिरामिहरुको चाप बढ्दै जानुको श्रेय पनि अहिलेका सबै ईमान्दार डाक्टरहरुको निरन्तर दिइने सेवाले सम्भव भएको हो ।
यस बिषयमा कलैया प्रादेशिक अस्पतालका मेसु डा.अजय गुप्ताले समयमा तलब को ब्यवस्थापन नभए अस्पताल को सबै सेवा प्रभावित हुने बताए । उनले आज त जसो तसो भयो भोलि देखि बहिरङ्ग सेवा तथा अन्य सेवा समेत प्रभावित भैइ सेवा बन्द हुन सक्ने चिन्ता बढेको समेत बताएका छन । उनले गत बर्ष पनि यस्तै अवस्था आएको तर अस्पताल बिकास समिती सङ्ग पैसा रहेकाले हामिले तलब खुवायौ तर अहिले अवस्था त्यसो नहुदा बिकास समितिले समेत केही गर्न नसकेको प्रती आफैलाई नराम्रो महसुस भएको बताए । कुनै पनि ब्यक्तिले भोको पेट कसरी काम गर्न सक्छ भन्दै ४ महिनाको तलब न आउनु समस्या भएको बताए । उनले आफुहरु यसका लागि सम्बन्धित निकायमा निरन्तर पत्राचार गरेको समेत बताए ।
विशेषज्ञ चिकित्सक, मेडिकल तथा नर्सिङ्ग अधिकृत र फार्मेसी अधिकृतहरू ४ महिना देखि तलब नपाएकोले गर्दा हामी तलब नआए सम्म आन्दोलन गर्ने मेडिकल अधिकृत अवनिश यादवले बताएका छन । उनले प्रत्येक महिनाको तलब उक्त महिनाको अन्त्यमा उपलब्ध गराउनु पर्ने माग समेत आफुहरुको रहेको बताएका छन । हामिले थप के मागेका छौ भन्दै हामिले केवल हाम्रो तलब माग्दा पनि समयमा नपाउदा दुई छाक टार्न समेत धौधौ परेको दुखेसो पोखेका छन । उनले आफुहरुको पनि घर परिवार बाल बच्चा रहेकाले सो तर्फ संबंधित निकायको ध्यान किन नगएको भन्दै आस्चर्य ब्यक्त गरे ।
यस बिषयमा नेपाल सरकार,अर्थ मन्त्रालय,स्वास्थ्य मन्त्री प्रदिप पौडेल, तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह सहित प्रदेस सरकारको यथाशीघ्र ध्यानाकर्षण जरुरी छ ।
नेपालमा “छात्रवृत्ति करारमा कार्यरत चिकित्सक” भन्नाले सरकारले प्रदान गर्ने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गरेपछि निश्चित अवधि सरकारी स्वास्थ्य संस्थामा सेवा दिनुपर्ने चिकित्सकहरूलाई जनाउँछ।