साजिर मन्सूर 

कलैया, चैत ६

बारा सदरमुकाम कलैया६ अस्पताल रोडमा सन्चालित कलैया सब मेट्रो सिटि हस्पिटलले नवजात शिशु बचाउन चमत्कार गरेको छ । समय अगावै जन्मिएका अत्यधिक कम तौल(VLW) जुम्ल्याहा शिशुको २० दिनको सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ। हाल सम्म बारामा सम्भव नभएको नवजात शिशुहरुको सफल उपचार गर्नमा नाम चलेको यो अस्पतालले फेरि अर्को नया चमत्कार गरेको हो ।

 

गत फाल्गुन १५ गते बिरगंजको एक अस्पतालमा जन्मिएका जुम्ल्याहा शिशुको कलैयाको सबमेट्रो सिटि अस्पतालले ज्यान जोगाएको हो।

बाराको सिमरौनगढ नगरपालिका १० देवापुर टेटा घर भएको दिलिप यादव र मधु देबिको सन्तानका रुपमा जन्मे देखि उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या देखा परेको थियो। ‘समय अगावै जन्मिएका जुम्ल्याहा शिशुहरुको उपचार गर्नु आफैंमा चुनौतिपूर्ण रहने गरेको अस्पताल का संचालक नवजात तथा बाल रोग विशेषज्ञ डा.रामनिवास साहले जानकारी गराए । उनीहरुको जन्मदै स्वासप्रस्वासमा समस्या, निमोनिया, रगतको प्लेटेटको मात्रा कम भएको र हेमोग्लोविन समेत कम भएकोले उपचार गर्नु झनै चुनौती रहेपछि निरन्तरको प्रयास र सफल उपचार पद्धतिले सफलता मिलेको डा. साह बताउछन। इन्फेक्सनको कारणले गर्दा यी बच्चाहरुको अवस्था जोखिमपूर्ण थियो’ तर, अस्पतालको क्रिटिकल केयर, बाल रोग तथा नवजात शिशु विभागका सम्पूर्ण टीमले एक साथ काम गरेकाले जुम्ल्याहा शिशुहरुको ज्यान बचाउन सफल भएको डा. साहले बताए । ‘अहिले बच्चाले तापक्रम मेन्टेन र ग्लुकोज मेन्टेन गर्न सक्छ। पहिला पाइपबाट दुध खुवाइएकोमा अहिले चम्चामा राखेर खानसक्ने भएको उनले बताए ।

 

अस्पतालले गरेको उपचार सेवामा सबैभन्दा बढी खुसी र आत्मसन्तुष्टी जुम्ल्याहा बच्चाका आमाबुबा भएका छन्।  ‘

अस्पतालले जुम्ल्याहा बच्चाको शारीरिक र मानसिक विकासको चक्रलाई नियाल्दै आगामी उपचार विधिहरु अपनाउने बताएको छ। आज जुम्ल्याहा बच्चाहरु अस्पतालको लामो उपचार र बसाई पछि डिस्चार्ज हुँदै गर्दा उपचारमा संलग्न क्रिटिकल केयरका युनिटहरु तथा स्वयं डा.साह पनि विदाई गर्न आएका थिए। सो उपचारका क्रममा आएका विभिन्न समस्याहरुको उपचार गरि सकुशल घर पठाउन लाग्दा आफू अत्यन्तै खुशी भएको उनको भनाई छ ।

 

जुम्ल्याहा बच्चाका बुवा यादवले आफुहरुले माया मारिसकेको सन्तानलाई अस्पतालले बचाइदिएकोमा भावुक हुँदै खुसी व्यक्त गरे। उनले पहिला प्रादेशिक अस्पताल कलैयामा गएको तर त्यहा जुम्ल्याहा बच्चा छ समस्या हुने भन्दै रेफर गर्दै बिरगंज पठाएको थियो त्यसपछि बिरगंज को अस्पतालले पनि ठूलो अस्पताल जान रेफर गर्दा आशा मारिसकेको स्मरण गर्दै आफुहरु यो अस्पतालमा आएको बताए । यो अस्पतालले गर्ने ब्यवहार,उपचार पद्धति अत्यन्तै सुमधुर भएको भन्दै मुस्काए । बच्चाको आमाले घर जानू अगाडी डा. साबले बच्चालाई कसरी स्याहार गर्ने,दूध खुवाउने,तेल लगाउने कसरी राख्ने तमाम कुरा सिकाई सकेको बताईन । उनले डा.ले कुनै समस्या बच्चालाई देखिए तुरुन्त सम्पर्क गर्न आफ्नो नम्बर मेरो श्रीमानलाई उपलब्ध गराएको बताईन ।

बिरगंजको एक अस्पतालमा जन्मदा जुम्ल्याहा छोराहरु क्रमशः ९३०/१०२० ग्राम तौल रहेको अस्पतालले बतायो ।

 २० दिनमा भेन्टिलेटरमा राखी फोक्सोको बिकास गर्ने औषधि चलाएर पुर्ण स्वस्थ गरि आज बिरामिको आग्रहमा डिस्चार्ज(डिओपिआर) गरिएको डा. साहले बताएका छन । आज जुम्ल्याहा बच्चाको तौल क्रमशः १०३०/१२०० ग्राम रहेको छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर