साजिर मन्सूर
कलैया,चैत्र ९
नेपाल निबृत शिक्षक समाज बाराको तेस्रो अधिवेशन आज कलैयामा सम्पन्न भएको छ । श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय कलैयामा सम्पन्न तेश्रो जिल्ला अधिवेशनबाट सर्व सम्मतिबाट गोपाल ठाकुर अध्यक्षमा चयन भएका छन । समाजको उपाध्यक्षमा इदृश मिया,महिला उपाध्यक्षमा पुनम पाण्डेय,सचिव कपिलदेव पंडित,कोषाध्यक्ष भरत प्रसाद साह चयन भएका छन । सदस्यहरुमा प्रभु श्रीवास्तव,नेत्र पौडेल,महेश राम, मोहन सिंह,किशोरी गिरी,सत्यनारायण कुशवाहा, हकिम मिया अन्सारी,विजय किशोर पाण्डेय,सोनालाल तत्मा र बजरंगीलाल साह चयन भएका छन । त्यस्तै सल्लाहकार सदस्यहरुमा क्रमश राजेन्द्र ठाकुर,योगेन्द्र राउत कुर्मी,देवेन्द्र प्रसाद गिरी,अनिल कुमार मैनाली,जयराम प्रसाद यादव,ध्रुव प्रसाद यादव,रामनाथ प्रसाद यादव,राधारमण दत्त,योगेन्द्रलाल कर्ण,चन्द्रदेव प्रसाद केशरी,ताहिर हुसेन अन्सारी र जगत महतो चयन भएका हुन ।







