साजिर मन्सूर 

कलैया, चैत १०

अहिलेको आधुनिक सन्सारलाई आवस्यक प्राबिधिक शैक्षिक संस्थानका रुपमा मनोकामना प्लस टु सेकेन्डरी ईङ्लिश बोर्डिङ स्कुललाई बिकसित गर्दै लाने संचालक रामबाबु कुश्वाहाले बताएका छन ।

मनकामना प्लस टु सेकेन्ड्री इङलिस बोर्डिङ स्कुलले आफ्नो २२ औ बार्षिक उत्सव धुमधामका साथ मनाईरहदा उनले यस्तो बताएका हुन।

शनिबार स्कुलको आफ्नै प्राङ्गणमा उक्त कार्यक्रम मनाईएको हो । कार्यक्रमका प्रमुख अतिथि वारा निर्वाचन क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्व संघीय मन्त्री ज्वाला कुमारी साहले मनकामना स्कुलले बिगतका दिन देखि शिक्षाको क्षेत्रमा गरेको लगानीको उच्च मुल्यांकन गरि धन्यवाद दिइन । उनले मनकामना सकुलका विद्यार्थीहरूको अनुशासन , शिक्षामा विशेष दिई समाजलाई कुन्ठीत हुनबाट जोगाउन ठूलो भुमिका खेलेको उनले औल्याईन । समयमा स्कुल पठाउन,  समयमा खाजा खाना तथा पोशाकको तयारीमा महिलाको बिशेश भुमिका भएकोले उनले शिक्षा पाउन पनि महिलाको योगदान अमूल्य हुने गरेको बताईन।

कुनै पनि देशको बिकासमा शिक्षाको बिकास भएन भने त्यो देशको बिकास सम्भव नहुने भएकोले शिक्षालाई बिशेश जोड दिन पनि उनले आग्रह गरेकि हुन । उनले आफ्नो भनाइ राख्दै शिक्षा संग संगै रोजगारको ग्यान्टी गर्न समेत उनले आग्रह गरेका थिइन । म पटक पटक मन्त्री त भए तर सानो समयको लागि मात्र मन्त्रालयको जिम्मेवारी पाएको हुनाले चाहे अनुसारको काम गर्न नसकेले दुख व्यक्त गरेकी थिइन । समाजलाई अग्र ठाउँमा पुर्याउन शिक्षाको आवश्यकता  महत्त्वपूर्ण भएकोले सम्पुर्ण अभिभावकलाई शिक्षामा बिशेश जोडदिन आग्रह गरेका थिइन । शिक्षामा एकरूपताको आवश्यकता महसुस गर्दै केही समयमा मेरो तर्फबाट शिक्षाको क्षेत्रमा मेरो निर्वाचन क्षेत्रमा बिशेश आयोजना ल्याउन समेत जोड दिएको बताईन ।

कार्यक्रममा एनप्याप्सन वारा अध्यक्ष प्रभुलाल कुशवाहा, कलैया उपमहानगरपालिका वाड न १ का वाड सदस्य शशि दास , दुर्गा नमूना मा. ब. बरेवाका प्रधानाध्यापक मनोज यादव , महाबिर मा. बि. ब्रहमपुरी मा. बि. का प्रधानाध्यापक रमेश कुशवाहा ,प्रस्टोका मा. बि.का प्रधानाध्यापक नरेन्द्र गिरी ,समाजसेवी राम बिध्या कुशवाहा , लगाएतकाले बिधालयको २२ औ बार्षिक उतस्व तथा अभिभावक भेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए । मनकामना इङ्लिश बोर्डिङ  स्कुलका स्थापक कपिल देव कुशवाहाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य स्कुलका डाइरेक्टर रामबाबु कुशवाहा तथा कार्यक्रम संचालन शिक्षक अरबिन्द चौधरी जैसवालले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर