बिश्वास डेस्क
कलैया,चैत १०
देवताल गाउँपालिका वडा नं १ बड्की फुलवरियामा बिधुत पोल गाड्न वडा अध्यक्ष अरुण कुमार सिंहले रोकेको स्थानिय युवाले आरोप लगाएका छन । स्थानिय युवा प्रभात सिंहले
वडा अध्यक्ष आफै स्वं नै बिकास बाधक भएको साबित भएको बताएका हुन । चालू आर्थिक वर्षमा बिकाशको नाममा उक्त वडाका वडा अध्यक्षले एक पैसाको काम गर्न नसकेको बताउदै वडा अध्यक्ष सिंहले वडाको लागि पाउने बजेटमा अधिकांश बजेट सामाजिक बिकाश कार्यक्रमहरुमा राखी बजेट झ्वाम पार्ने मनसाय बोकेको हुदा सो वडाको लागि रकम बिनियोजन नभएको आरोप लगाएका छन ।
वडा अध्यक्ष सिंहले आफै एक पैसाको बिकाश गर्न नसक्ने भएकोले सो वडाका अन्य समाज सेवीहरुले गाउँको बिकासको बारेमा चिन्ता गरिरहेको र अन्य बिकासको काम गर्न खोज्दा निज वडा अध्यक्षले बारम्बार हस्तक्षेप गर्ने गरेको प्रभात सिंहले बताएका छ्न । उनले आफ्नो पहल कदममा वडामा करोडौको रकम ल्याई काम गराउन सफल भएको दाबी गरेका छन । उनका अनुसार सो वडामा एक जना विदेश बाट फर्केको व्यक्तिले कुखुरा पोल्ट्री फारम खोल्न लागेको र सो ठाउमा बिधुत पुर्याउन निज वडा अध्यक्षलाइ पटक पटक भन्दा निज अध्यक्षले कुनै किसिमको चासो लिएनन। त्यस पश्चात प्रभात सिंहले सो कुराको पहल गरि बिधुत प्राधिकरणको समन्वयमा बिधुतिय पोल निकाश गराई सकेको जानकारी वडा अध्यक्ष सिंहलाइ प्राप्त भएपछी उनी बिधुत प्राधिकरणका कार्यालय प्रमुखलाई फोन गरि तुरुन्तै रोक्नुस नभए म कार्यालयमा आइ तोड फोड गर्छु भन्ने धाकधम्कि दिए र पोल रोकियो। अहिले फेरि दलित बस्तिमा नया सडक बिस्तार भएको र नया घर बनाइ बसेका अति गरिब दलित व्यक्तिहरुलाई बिधुत पोलको आवश्यकतालाइ मध्ये नजर गरि बिधुत प्राधिकरण कलैयाको सहयोगमा प्रभात सिंहले पोल र तार निकासी गराए अनि पोल र तार समेत आयो। पोल र तार आउने बितिकै सो बस्तिका जनताहरु खुसि भएर पोल गाड्ने काम सुरु गरे। कुल ५ वटा पोल आएको जसमा २ वटा पोल गाड्ने बितिकै वडा अध्यक्ष सिंहले कार्यालयमा फोन गरि तुरुन्तै रोक्ने निर्देशन दिए लगतै पोल गाड्न आएका कामदारहरु बाकि रहेका ३ वटा पोल त्यहि खसाली बिधुतिय तार लिएर फर्केको कुरा प्रभात सिंहले बताए ।
यता वडा अध्यक्ष सिंहले आफुले वडाका लागि निबेदन सहित नेपाल बिधुत प्राधिकरण कलैयामा दर्ता गरेको बताउदै आफुले पहिला नै पोलका लागि पहल गरेको र एक साता अगाडि पनि प्राधिकरणमा गएर पोल लिन खोजेको तर कार्यालयले चार पाच दिनमा लिएर जान भनेको बताए । त्यस बिचमै एक कार्यालयमा करारमा काम गर्ने कर्मचारीले वडामा आएर जनतालाई भ्रममा पारी द्वन्द निम्त्याउन खोजेको बताए । उनले राजनिती नै गर्ने भए राजिनामा दिएर खुल्ला रुपमा राजनीति गर्न आउन चुनौती दिए । बिकासको नाममा गाउलाई भाड्न खोजिरहेको आरोप लगाउदै चुनावमा आफुसङ्ग हार भएपछी सहन नसकी बौलाएको प्रतिक्रिया दिए ।







