साजिर मन्सूर
कलैया,चैत ११
नयाँ बर्ष २०८२ को शुभआरम्भ सङ्गै बारामा नेपाली काङ्ग्रेस का महामन्त्री तथा नेपाल सरकार का सफल चर्चित पुर्व स्वास्थ्य मन्त्री गगन थापा आउने भएका छन ।

नेपाली काङ्ग्रेस बारा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय भेलाको प्रमुख अतिथिका रुपमा थापा बारा आउन लागेको बारा क्षेत्र नम्बर ३ का सचिव युवा नेता राजेश भण्डारीले जानकारी गराएका छन । युवा नेता गगन थापा आउने भएपछि त्यसको तैयारी थालिएको नेता भण्डारीले बताएका छन । नेपाली काङ्ग्रेसलाई एकजुट र जनताको प्रथम साथी बनाउने महत्वपूर्ण जिम्मेवारी काङ्ग्रेसका साथिहरुले गर्न आवस्यकता लाई अझ मजबुत बनाउन उनी बारा ३ आउन लागेको भण्डारीले जनाएका छन । महामन्त्री थापालाई प्रमुख अतिथिका रुपमा बारा आउन नेपाली काङ्ग्रेसका बारा ३ का सभापति प्रभात कुमार चौरसिया,सचिव राजेश भण्डारी,युवा नेतृ जितपुर सिमरा उपमहानगरपालिकाको उप मेयर प्रत्यासि मेघा शाही, तरुण दलको केन्द्रिय सदस्य सुबास जयस्वाल उनलाई भेट्न उनको निवास मै पुगेका थिए । बैशाख ३ गते हुने भएपनी स्थानको अहिले निर्णय भैनसकेको यसका बारे समितिले आजभोलिमा फाईनल गर्ने सचिव भण्डारीले जनाएका छन ।







