साजिर मन्सूर 

कलैया,चैत ११

नेसनल प्याब्सन बाराको बिस्तारित बैठक आज कलैयामा सम्पन्न भएको छ । नेसनल प्याब्सन बाराको कलैया स्थित भवनको सभा हलमा सम्पन्न बैठक बाट ८ औ राष्टि्य महाधिवेसनबाट निर्वाचित केन्द्रिय सचिव -अलिमहम्द अंसारी ,केन्द्रिय सदस्य रामप्रसाद अधिकारी ,रामबाबु प्र कुशवाहा र मनोज प्रसाद गुप्ता लाई सम्मान गरिएको छ । सोही अवसरमा मदेस-प्रदेश द्वारा संचालन हुने कक्षा ९ को परिक्षा ठिक समयमा संचालित गर्ने निर्णय समेत गरिएको जिल्ला अध्यक्ष प्रभुलाल कुश्वाहाले जानकारी गराएका छन ।

कुश्वाहाले केन्द्रिय निर्देशन अनुसार रिड-मोर प्रकाशनको पुस्तक गणित वा समाजिक शिक्षा कक्षा १ देखी १० सम्म अनिवार्य लगाई बाल-बालिकाहरूको कक्षा संचालनमा सहयोग गर्नको लागी निर्णय समेत गरिएको हो ।

बैठकले शैक्षिक शत्र २०८२ को शैक्षिक कार्यक्रम जिल्लाको कैलेन्डर अनुसार संचालन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले एक अर्को स्कुलमा बच्चा गएमा TC&CC लिई नामाड्कण गर्ने र यस्तो गरिएन् भने रू २५००० जरिवना लाग्ने निर्णय समेत गरेको हो ।

अध्यक्ष कुश्वाहाका अनुसार बैठक ले अनुमति नलिएको संचालित बिधालयलाई कार्यवाहीको लागी सम्बन्धित निकायमा पत्रचार गर्ने निर्णय समेत गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर