आज मंगलबारदेखि चैते छठ सुरु भएको छ । आज पहिलो दिन ब्रतालुहरुले नुहाए खाए बिधि सम्पन्न गरेका छन । बिहान नजिकैको जलासयमा ब्रतालुहरुले नुहाए घरमा बनाईएको सुद्ध साकाहारी खाना खाएका छन ।

यसैगरी भोलि दिन भर ब्रतालुहरु निरहार बस्ने र साझँ पख माटोको चुल्हामा अर्वा चामल , दुद्ध , सखर मिलाई बनाईएको खिर छठी माता लाई चढाएर सब परिवार ग्रहण गर्ने गर्छन यसलाई तराई मधेशमा रसियाव रोटि भनिन्छ ।

तेस्रो दिन ब्रतालु दिन भर उपबास बस्ने र साँझ बासको चोयाले बनाईएको दउरा , नांग्लो , माटोको भाडामा ठेकुवा , भुसुवा , ऋतु अनुसारको फलफुल राखेर सलासय नजिक बनाईएको छठीघाटमा गएर असताउदै गरेको सुर्यलाई अर्घ दिने गर्छन । यसलाई तराइ मधेशमा सझियाको घाटे भन्छन । फेरी ब्रतालुहरु रातभर उपासन नै हुन्छन ।

त्यसको भोलि पल्ट ब्रतालुले बिहानै त्यहि पुजापाठका बस्तु लिएर छठीघाटमा पुग्छन र उदाउदै गरेको सुर्यलाई अर्घ दिए संगै छठ सम्पन्न हुन्छ ।

३६ घण्टाको निरहार ब्रत कठिन हुन्छ तर पनि ब्रतालुहरु निष्ठा, बिस्वास , आस्थाका साथ छठी माता र सुर्य भगवानको पुजा आरधना गर्ने गर्दछन ।
यसबर्षको चैते छठ शुक्रबार सकिने छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर