बिश्वास डेस्क 

कलैया,चैत १९

देशको जनतामा गणतन्त्रको बिरुद्ध अपवाह फैलाउने गोदि मिडियालाई नेपालमा बैन्ड गर्न नेपाली काङ्ग्रेस मधेस प्रदेश ले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । काङ्ग्रेस मधेस प्रदेश उपसभापति एवम प्रशिक्षण बिभाग प्रमुख चन्द्रशेखर प्रसाद यादवको नेतृत्वमा आज बारा र पर्साका प्रजिअ लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ

 

देशमा उत्कृष्ट संविधान निर्माण भई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल संस्थागत भई रहेको अवस्थामा सुशासन कायम गर्न देखि लिएर विभिन्न वेतिथीहरुलाई अन्त्य गर्दै सभ्य समाज निर्माण, भ्रष्टचारलाई न्यूनीकरण एवम् विधिको शासन कायम गर्दै देश अगाडी बढी रहेको अवस्थामा गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निमित मृत भई सकेका राजतन्त्रलाई फेरी पनि राजाका समर्थक केहि आराजक व्यक्तिहरु आफनो स्वार्थ सिद्ध गर्नका निमित आन्दोलनका नाममा देशमा विधन्स आंत्तक मचाई व्यक्तिको भौतिक संरचना, सरकारी संरचना लगायतमा आगजनी, लुटपाट गर्नु र पत्रकारलाई हत्या, कुटपिट, अंगभंग गर्नु एवम् संचारगृहमा तोडफोड गरी देशलाई नै तहशनहश गर्ने दिशामा अघि बढी रहेको कार्यको घोर भर्त्सना एवम् निन्दा गर्दछु । मृतक पत्रकारका परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना समेत प्रकट गर्दछु । पत्रकारलाई हत्या गर्ने समुहको यथासिघ्र पहिचान गरी दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्यवाही गर्न जोडदार मांग समेत गर्दछु। मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग गर्दछु ।

 

नेपालको सार्वभैमसता, आखण्डतामा आच आउने गरी मृत भई सकेको राजतन्त्रलाई प्रसई दिने गरी भारतीय गोदी मिडियाहरुले नेपाल र नेपाली जनताको भावना र मर्मलाई कुठाराघाट हुने गरी राजतन्त्र र राजाको पक्षमा वकालत गर्दै दिगभ्रमित रुपमा समाचार सम्प्रेशन गर्ने कार्य प्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ । अतः त्यसता अफवाह फैलाउने मिडियाहरुलाई नेपालमा वैण्ड गर्नका निमित जोडदार मांग समेत गर्दछ ।

 

ज्ञापन पत्रको बोधार्थ

 

१. प्रधानान्त्रिको कार्यालय, सिंहदरबार, काठमाण्डौ

 

२. नेपाल सरकार गृह मन्त्रालय, सिंहदरबार, काठमाण्डौं

लाई पठाईएको छ ।

ज्ञापन पत्र बुझ्दै सिडियो द्वयले आजै यो पत्र गृहमन्त्रालय मा पठाउने आश्वासन दिए । यता यादवले भोलि देखि प्रदेशको अन्य जिल्लाहरूमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताएका छन । पर्सामा ज्ञापन पत्र बुझाउन प्रदेश सान्सद श्याम पटेल सहितका नेताहरु उपस्थित थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर