
बिश्वास डेस्क
कलैया,चैत ३१
विभिन्न समुदायका धार्मिक अगुवाका साथ धार्मिक सद्भाव प्रगाढ बनाउन आग्रह गर्दै विभिन्न समुदाय द्वारा कलैयामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बारामा रहेका सम्पुर्ण जातजाति सम्प्रदायको हरेक पर्व चाडवाडको हामी सबै सम्मान गर्छौ भन्ने उदेश्यले आज धार्मिक सहिष्णुता आपसी सदभाव दर्शाउन बाराको कलैया ६ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केंद्र कलैयाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । द्वारा नया बर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा छिमेकी जिल्ला पर्साको बिरगंज महानगरपालिका मा भएको दु:खद घटना प्रती दुख व्यक्त गर्दै उपस्थित सबैले सबै धर्मको सम्मान गरेर अगाडी बढ्न आग्रह गरेका छन । राम रहिमको जोडि का नामले प्रख्यात महमद सगिर र जङ्गबहादुर यादवको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,बिशिस्ट अतिथि प्रहरी उपरीक्षक संतोष तामाङ्ग सहित जिल्लाका विभिन्न समाजिक संघसंगठनका अगुवाहरुको उपस्थिति रहेको थियो ।