
साजिर मन्सूर
कलैया,बैशाख ५
कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित पर्सा टोलमा ग्रीन भ्याली ईङ्गलिस बोर्डिङ स्कुलको नया प्रारुपमा उदघाटन भएको छ । कलैया उपमहानगरपालिकाको उप मेयर रौशन प्रविणले एक समारोहका बिच सो बिधालयको उदघाटन गरेकी हुन । कक्षा नर्सरी देखि ५ सम्म अध्ययन गराईने सो बिधालयमा पुर्ण पारिवारिक एवम आधुनिक माग अनुसारको शिक्षा दिनुपर्ने प्रमुख अतिथि प्रविणले जोड दिईन ।
कलैया उपमहानगरपालिका शिक्षा समितिका बरिस्ठ सदस्य महमद सगिरले योग्यता अनुभव र लगनशीलता तिनै कुरा भएको ईद्रीस सरको नेतृत्वमा बिधालय अवस्य अगाडि बढ्ने बताए । उनले पाठ्यक्रम अनुसार अध्यापन गराउन सुझाव दिए । सजिलो हुँदै गाह्रो कुरा सिकाउदै अगाडी बढ्न नया भर्ना हुने शिक्षकलाई सुझाए । ५ बर्ष लागेका बच्चालाई मात्र १ कक्षामा भर्ना गराउन भने उनले कम उमेरका बच्चालाई जबर्जस्ति पठाउन नहुने उनले बताए ।
समाजसेवी जङ्गबहादुर यादवले ईद्रीस सरले नेतृत्व गर्ने यो बिधालय धेरै राम्रो हुने बताए । उनले आफ्नो जिवनको सबै समय शिक्षा छेत्रमै लगानी गरेकाले उनको नेतृत्वमा हाम्रा बिद्यार्थीहरु एकदम राम्रो शिक्षा प्राप्त गर्ने बताए ।
महमद सगिर र जङ्गबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रमको अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामबिश्वास ठाकुर,कलैया नगर खेलकुद बिकास समितिका सम्योजक एम समिउल्लाह,त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलका पुर्व जिएम देवानन्द उपाध्याय,समाजसेवी अमरदेव यादव,
काब्या बोर्डिङको निर्देशक हरिन्द्र कुश्वाहा,एसआर ग्यालेक्सी बोर्डिङका पुर्व प्रअ रामबिनेश कुश्वाहा,पुर्व रास्ट्रीय कबड्दी प्रशिक्षक तसरुद्दिन मन्सूर,खोखो प्रशिक्षक क्यामुदिन मन्सूर,डा. अशद हुसेन,विभिन्न समाजिक संगठनका प्रमुख सहित अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन बिधालयका प्रधानाध्यापक ईद्रीस सरले गरेका थिए । प्रधानाध्यापक ईद्रीस सरले आफुहरु अभिभावकहरुलाई भार पर्ने किसिमको कुनै पनि योजना नल्याउने बताए । गुणस्तरीय सु संस्कार सहितको शिक्षा,आर्थिक समाजिक रुपमा बिपन्न परिवारका बच्चालाई पुर्ण निशुल्क शिक्षा दिईने उनले बताएका छन ।