
युनिक यादव , कलैया ।कलैयाको मुख्य चोककै बाटोमा ढल निकास गरेर त्यसको मर्मत नहँुदा ट्राफिक जाम बढेको छ । विगत केही दिन देखिको अविरल वर्षाले गर्दा भरत चौक देखि पूर्व जाने बाटोको नाला धेरै पानीले गर्दा निकास भएको थिएन ।
ढल निकास गराउन गत असार २३ कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव आफै उपस्थित भएर जमेको पानी डोजर लगाएर ढल निकास गराएका थिए । तर ढल निकास गरेको १३ दिन बितिसक्दा पनि कलैया उपमहानगरपालिकाले कुनै चासो दिएको छैन ।
यस विषयमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम प्रसाद सोनारसंग प्रतिक्रिया लिदाँ उनले आफू काम विशेषले काठमाडौ रहेको र यस विषयमा भोलि आएर बुझ्ने बताए । साथै वडा अध्यक्ष सोनारले उक्त ढल निर्माण गर्न उपमहानगरको वातावरण शाखाले हेर्ने बताए ।
ढल व्यवस्थित नहुदा मुख्य बाटोमा ट्राफिक जाम बढोको छ । ट्राफिक जामले गर्दा पैदल यात्रुलाई पनि सास्ती भएको छ । एक यात्रुसंग प्रतिक्रिया लिदा उनले भने , “हामी सधै यो सडकबाट आवत जावत गर्छौ, धेरै दिन देखि यो बाटोको पारा यस्तै छ । पहिले निषेधाज्ञाले गर्दा त्यति गाडी चलेको थिएन । अहिले त ठूला गाडी, मालबाहक गाडी पनि चल्न थालेका छन् । ढल व्यवस्थित नहुँदा एक तर्फी मात्र गाडी चलेको छ । हामीलाई आवतजावतमा झन कठिनाई भएको छ ।”
ढल व्यवस्थापन भए जाम हुने थिएन ः ट्राफिक
ढल निर्माण नभए पछी सदरमुकाम कलैया कुरुप मात्र होइन फोहोरी पनि बन्दै गएको छ । ट्राफिक व्यवस्थापनको विषयमा ट्राफिक प्रहरीसंग बुझ्दा एक तर्फी बाटोमा ट्राफिक जाम हटाउन आफू लागेको बताए । उपमहानगरले उचित व्यवस्थापन गरेको भए जाम नहुने बताए ।
भरत चौकबाट पुर्व तर्फ जाने गढिमाईको बाटोमा दैनिक निजि तथा सार्वजनिक गाडी गरि ६०० भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।