
साजिर मन्सूर
कलैया,बैशाख ८
करैयामाई गाउपालिका वडा नम्बर १ को हरैया टोलको एक जना हुने नव दम्पतीका लागि निशुल्क कपडा बैंकले कोर्ट,प्यान्ट,सर्ट,जुता,लेडिज चप्पल,कुर्ता सुरुवाल हस्तान्तरण गरिएको छ । बैंकको प्रमुख मेडिया पार्टनर बिश्वास एफएम को अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष प्रीयन्का दासले सो कपडा हस्तान्तरण गरेकी हुन । नया बिवाह हुने कमजोर आर्थिक अवस्था भएका जोडिका लागि निशुल्क कपडा बैंक बरदान बन्दै गएको दासले बताएकी छन । उनले हरेक धर्म भन्दा महान धर्म मानव कल्याण भएकोले सारा जनताले यस्ता महान कार्यमा आफ्नो हिसाबले सहयोग गर्न आग्रह गरिन ।
यस्तै आज कलैया उपमहानगरपालिका वडा नम्बर २६ को १४ जना दलित,बिपन्न,गरिब महिला र बच्चालाई कपडा हस्तान्तरण गरिएको छ ।
सो अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर २६ का वडा सदस्य सुबाश मिया अन्सारी,नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष प्रीयन्का दास,निशुल्क कपडा बैंकका संरक्षक तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,अध्यक्ष मुकदम अन्सारी,जसपा नेपालको केन्द्रिय सदस्य कलाम अन्सारी,बैंकको सहजकर्ता प्रीयन्का कुश्वाहा लगायतकाले कपडा हस्तान्तरण गरेका हुन ।