साजिर मन्सूर 

कलैया,बैशाख १३

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सहितको टोलिले बारा सदरमुकाम कलैयामा सन्चालित अस्पतालहरुको छड्के अनुगमन गरिरहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोस कुमार ठाकुरले मेजर ओटि नगर्न योगशिला सहितका अस्पताललाई पत्र काटेका छन । वहाले कलैयामा प्रादेशिक अस्पताल हुदाहुदै १५ शैयाको अस्पताललाई ईमर्जेन्सी र ओटि गर्न नमिल्ने बताए ।

निजगढको

 

यो सङ्गै कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि.,राजकुमारी पोलि क्लिनिक,कलैया हस्पिटल प्राली,समाज प्रसुती तथा जेनेरल हस्पिटल प्रालि,राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि.श्री कृष्ण डेन्टल क्लिनिक,रारा हस्पिटल प्राली,न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक लाई बन्द गर्न निर्देशन दिएको मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम अनुगमन समितिका सदस्य सचिव सन्तोष कुमार ठाकुरले जानकारी दिएका छन। यस अगाडी आजै निजगढमा गरिएको अनुगमनमा निजगढी सिटि अस्पताल,मोहम्दी मेडिसिन सेन्टर,सम्मा फार्मेसी,जिवनदान हस्पिटल,नारायणी दन्त सेवा केन्द्र,मिश्रा मेडिकल सेन्टर,सिदार्थ मेडिकल हल,निजगढ उपचार केन्द्र र निजगढ डेन्टल क्लिनिक लाई बन्द गराईएको छ ।

कलैया र निजगढमा रहेका निजी अस्पतालहरुको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तरीयताको बारेमा जाँचका लागि मुख्यमन्त्री सिंहले अनुगमन गरिरहेको जनाइएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार अहिलेसम्म मुख्यमन्त्री योगशिला अस्पताल प्रालिको सेवाबारे जाँच गरिरहेका छन् ।

मापदण्डविरीत सञ्चालित रहेकोले त्यस्ता अस्पतालहरुलाई तत्कालै बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । १५ शय्याको अस्पतालमो अप्रेसन गर्न नमिल्ने भएको भन्दै मुख्यमन्त्री सिंहले उक्त अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएको बताइएको छ ।

गएको २५ माघदेखि मुख्यमन्त्री सिंहले प्रदेशमा रहेका निजी अस्पतालहरुको अवस्थाबारे बुझनका लागि अभियानको थालनी गरेका थिए । जनकपुरबाट अप्रेसन अस्पतालको अभियान सुरु गर्दै मुख्यमन्त्री सिंहले अहिले हरेक जिल्लामा निजी अस्पतालहरुको अनुगमनको तिव्रता दिएका छन् ।

यो अढाइ महिनामा मुख्यमन्त्री सिंहले १८० वटा निजी अस्पतालहरुको अनुगमन गरिसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जसमध्ये १३३ वटा निजी अस्पतालहरु मापदण्डविपरीत सञ्चालित रहेको पाइएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर