
बिश्वास डेस्क
कलैया,बैशाख १३
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार संदिप प्रसाद यादवलाई योगशिला हस्पिटल प्रा.लिका संचालक पवन गुप्ताले गोलि हान्ने धम्की दिएका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई संचालक गुप्ताले गोलि मार्ने धम्की दिएको पत्रकार यादवले बताएका छन ।
पत्रकार यादवले सडकबाट उक्त हस्पिटलको फोटो खिच्ने क्रममा संचालक गुप्ता र डाक्टर सुमन प्रसाद साहले उनको मोबाइल नियन्त्रणमा लिदै उक्त फोटो डिलेट गराउन लगाउदै प्रेस कार्ड खोसी त पत्रकार होइन,तलाई पत्रकारको प शब्द थाहा छैन भन्दै तलाई गोलि हाली दिन्छु भनेका छन् ।
मोटरसाइकलमा बसेका पत्रकार यादवलाई उनिहरुले हस्पिटलको प्राङ्गणमा घेरेर राखी सर्वसाधारणको अगाडि विभिन्न असलील शब्द पनि प्रयोग गर्दै गालीगलौज गर्दै दुर्व्यवहार समेत गरेको यादवले बिश्वास एफएम लाई जानकारी गराएका छन ।
हस्पिटलका डाक्टर सुमन प्रसाद साह समेत पत्रकार यादवलाई दुव्र्यवहार गरेको यादवले बताएका छन् । यता खबर पाउने बितिकै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त हस्पिटलका संचालक गुप्तालाई नियन्त्रणमा लिएको छ । भने डाक्टर सुमन प्रसाद गुप्ता भने सम्पर्कमा छैनन ।
यता घटना सार्वजनिक भएपछी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य साजिर मन्सूरले घटना प्रती गम्भीर ध्यानाकर्षण भएको बताएका छन । मन्सूरले स्थानिय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरि समाचार संकलन का क्रममा पत्रकार माथी गरिएको दुर्ब्यवहारलाई गम्भीरता साथ लिएर दोशिलाई कानुन बमोजिम कार्वाहि गर्न माग गरेका छन ।