बिश्वास डेस्क

कलैया,बैशाख १५

कलैया उपमहानगरपालिका वाड न ४ को कार्यालयले  वडा भरीको वातावरण सरसफाइको लागि ड्स्टबिन वितरण गरेको छ । आइतबार एक कार्यक्रम बिच उक्त ड्स्टबिन वितरण गर्दै कलैया उपमहानगरपालिका वडा न ४ का वडा अध्यक्ष रामेश्वर प्रसाद यादवले उक्त ड्स्टबिन वितरण गरेका छन । सम्पुर्ण वाडाबासीलाई घरबाट निस्किने फ़ोहोर मैला जथाभावी न फाली हरेक टोलमा राख्न लागेको ड्स्टबिनमा राख्न आग्रह समेत गरेका छन । पछिल्लो समयमा खास गरि फ़ोहोरमैलाले गर्दा विभिन्न किसिमको रोगको जोखिम हुन सक्ने , टोल दुर्गन्धित हुने बाटो हिने बटुवालाई नाक थुनेर हुने बाध्यताको समाधानका लागी उक्त ड्स्टबिन वितरण गरेको जानकारी दिए । वडाको हरेक टोलमा पुग्न सक्ने लगभग एकसय भन्दाबढी ड्स्ट्बिन वितरण गरिएको र आवश्यकता अनुसार थप डस्टबिन वितरण गर्न सक्ने समेत बताएका थिए । उनले आफै फोहोर व्यवस्थापनको लागि टोल टोलमा ड्स्टबिन हाल्न लगाएर वाड न ४ का सम्पुर्ण वाडाबासीलाई दुबै हात जोडी फोहर यही ड्स्टबिन राख्न आग्रह गर्दा विभिन्न रोगको जोखिमबाट बाच्न आग्रह समेत गरेको वाड अध्यक्ष यादवले बताएका छ्न । यसरी उनको यो कदमबाट वडा बासी खुशी भएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर