साजिर मन्सूर 

कलैया,बैशाख १७

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी जनताले सेवा सहज पाउने गरि बाताबरण बनाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए । उनले पालिकाले तत्काल खोल्न लगाए पनि मापदण्ड भित्र बस्नै पर्नेमा जोड दिए । अधिकारीले मुख्यमन्त्रीले गरेको अनुगमन एकदम राम्रो र जनताको लागि भएको अर्थमा बुझ्न आग्रह गरे । उनले कलैयालाई मेडिकल हब बनाउन सबै निजि अस्पताल मिलेर अगाडी बढ्न जरुरी रहेको बताए । अस्पतालको अनुगमन गर्नुनपर्ने किसिमले सेवा प्रदान गरि अगाडी बढ्न सबै सङ्ग भने ।

 

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले मुख्यमन्त्रीले जन्तीमा आएको मेसोमा अनुगमन गरेको बताए । उनले कलैया अस्पतालमा अनुगमन गर्नु अगाडी नै जानकारी गराएकाले कलैया प्रादेशिक अस्पतालमा ड्रेस नलगाउने हरु कसरी शनिबार को दिन सबै ड्रेसमा देखिनु आफै संकास्पद रहेको बताए । मेयर साहले मापदण्ड बिपरित सन्चालन गर्ने कुनै अस्पताललाई म आफै नछाड्ने बताए । मेयर साहले आफू सबै चिकित्सकको साथमा रहेको बताउदै मापदण्ड बाहिर नजान भने । गल्ती भए ३ महिनाको सुधारको समय दिएकोले हाकाहाकी अस्पताल बन्द गर्दा जनताले पाउने दुख देखेपछि आफुले अस्पताल को पछमा उभिएको बताए । मेयर,सिडिओ र अस्पताल सन्चालक बिच जुधाउने मनसायले गरिएको प्रक्रिया नै नपुगेको अनुगमन प्रती मेरो असन्तुष्टि रहेको बताए ।

 

नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ताले मुख्यमन्त्रीको काम ठिक भएपनी प्रक्रिया नपुगेको बताए । कलैया प्रादेशिक अस्पतालको सुधार नगरी चोखो बन्न खोज्नु गलत भएको बताए ।

चिकित्सा छेत्रको समग्र सुधारका लागि लाग्ने भने हामी सबै साथमा रहेको बताउदै उनले डक्टरहरुलाई सम्मान पुर्वक ब्यवहार गर्न पनि आग्रह गरे । अनुगमन गर्दा संबंधित सरोकारवालाहरु सङ्ग समन्वय नगरिदा पनि गल्ती गरेकाहरुले पनि उम्किन पाउने प्रती सचेत हुन आग्रह गरे । बिरामीहरुलाई उच्चतम सेवा दिन जहिले पनि तम्तयार हुने अस्पताल र डाक्टरलाई हामिले प्रसंशा गर्नुपर्ने बताए । मापदण्ड पूरा गर्न पनि उनले सबै अस्पताल सन्चालकलाई उनले आग्रह गरे ।

सुधारात्मक बाटोमा जाने हो दन्डात्मक मनोवृत्तिले अनुगमनमा नजान उनले आग्रह गरे ।

स्वास्थ्य छेत्रमा पनि सबैभन्दा पछाडी परेको प्रदेशमा सबल प्रदेशको योजना कपि पेस्ट गर्दाको नकारात्मक असर परिरहेको महासचिव डा.नौषाद हकले बताए । करोडौं खर्च गरेर पनि राज्यले सहि स्थानमा रोजगारी दिन नसक्ने अनि निजि छेत्रलाई समेत डरमा राख्ने कुरा गलत भएको बताए ।

 

केही डाक्टरहरुले घाउ चेक जाच फारम भर्दा पनि पैसा खाएर हुँदै नभएको फारम भर्ने गरिएको प्रहरी उपरीक्षक संतोष तामाङले बताउदै यश तर्फ सबै डाक्टरको ध्यानाकर्षण गराए ।एसपी तामाङले सामान्य चोट लागेकोलाई आईसियुमा लगेर हुँदै नभएको बिल बनाएर लाखौ खर्चको बिल बनाउनेहरु सचेत हुन सबैमा आग्रह गरे ।

 

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलको सो अवसरमा सहायक सिडिओ छबिरमण भट्टराई,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,प्रहरी उपरीक्षक सन्तोश तामाङ,जिल्ला स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादव,नेपाल चिकित्सक संघ नारायणी शाखा महासचिव डा.नौशाद हक,कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय गुप्ता सहित सम्पुर्ण निजि अस्पताल सन्चालक एवम डाक्टरहरुको उपस्थिति रहेको थियो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर