साजिर मन्सूर
कलैया,बैशाख १९”
कलैया उपमहानगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर शुरु भएको छ । कलैया १३ बलिरामपुर स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आज एक कार्यक्रम बिच प्रशासकिय अधिकृत नाथु साहले उदघाटन गरेका हुन ।
विकलाङ्ग मित्र समूह / अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोकको आयोजना तथा बारा जिल्ला कलैया उपमहानगरपालिकाको समन्वय/सहयोगमा १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन शिविर सन्चालन गरिएको हो । आज बलिरापुर मा भएको शिबिर भोलि कलैया १६ को मझौलियामा मा हुने जनाईएको छ ।
आज गरिएको निःशुल्क शारिरिक अपाङगता खास्थ्यपरिक्षण शिविरमा ६७ जनाको परिक्षण गरिएको जसमा केटा ४७ र केटि २० जना रहेको HRDC का मधेस प्रदेश ईन्चार्ज राजेश पटेलले जानकारी गराएका छन । उनले सहायक सामाग्री ११ जनालाई,सहायक सामाणी नापजाँच 6 जनालाई,अप्रेशनको लागी भनी मिति दिएको ८ जना,औषधी वितरण निःशुल्क गरिएको ६७ जना र फिजियोथेरापि सेबा ६७ जनालाई दिईएको बताएका छन ।
शिविरमा निम्न अवस्थाहरुको जाँच गरिने आयोजकले जनाएको छ ।
जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट),
आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको,
भाँचिएर बाङ्गो, हड्डी नजोडिएको, खुट्टा लुलो र कमजोर भएको,
ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँङग्रो खुस्किएको,
जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको,
हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि. रोग लागेको,
औंलाहरु एक-आपसमा टाँसिएको वा बढी भएको,
शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको,
कृत्रिम अंग र सहायक उपकरणहरुको आवश्यकता भएका व्यक्तिहरुलाई आवस्यक सामग्री समेत उपलब्ध गराईने जनाईएको छ ।







