साजिर मन्सूर
कलैया,बैशाख २०
बाराका पुर्व प्रहरी कर्मचारीको हकहितका लागि बारा सदरमुकाम कलैयामा सम्मेलन शुरु भएको छ । नेपाल पुर्व प्रहरी संगठन बाराको आयोजनामा गोपाल सेवा समिती कलैयाको प्राङ्गणमा शुरु भएको सम्मेलनले पुर्व प्रहरी कर्मचारीहरुलाई एकताबद्ध गरि सबैको मान सम्मान सहित सुरक्षाको लागि एक्यवद्धता जनाएको छ ।
नेपाल पुर्व प्रहरी संगठन बाराका अध्यक्ष जङ्गबहादुर यादवको अध्यक्षता एवम जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पाण्डेको प्रमुख आतिथ्यमा भएको सम्मेलन कार्यक्रममा नेपाल पुर्व प्रहरी संगठन मधेस प्रदेश उपाध्यक्ष रामशरण गौतम,पर्सा अध्यक्ष दान बहादुर राणा,रौतहट अध्यक्ष धन बहादुर थापा सहित पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य पुर्व प्रनानी प्रह्लाद प्रसाद केशरिले गरेका थिए भने सन्चालन जयनरेश चौधरीले गरेका थिए ।







