साजिर मन्सूर
कलैया,बैशाख २१
स्थानिय तह कर्मचारी संघ बाराको तदर्थ समिति गठन भएको छ । कलैयामा बसेको बैठकबाट समितिको अध्यक्षमा बारागढी गाउपालिकामा कार्यरत रन्जित कुमार साह सर्वसम्मत रुपमा तदर्थ समितिको अध्यक्ष पदमा चयन भएका छन । गठित समितिको सचिवमा नन्दकिशोर प्रसाद साह,सह सचिव जगत कुमार यादव,कोषाध्यक्षमा रामएकबाल प्रसाद यादव,सदस्यहरूमा क्रमशः शम्भु प्रसाद जयस्वार,सुरेश प्रसाद यादव,ठगा प्रसाद पाल,कमलेश प्रसाद चौधरी,सन्जय कुमार श्रेष्ठ रहेका छन । बैठकले संघको सल्लाहकार समितिको सम्योजकमा बिरेन्द्र बिरेन्द्र प्रसाद महतो र सल्लाहकार समिती सदस्यमा सुरेन्द्र चौधरी र औलिक महमद लाई चयन गरेको हो । राजिव कुमार यादवको अध्यक्षतामा बसेको बैठकले यहि बैशाख २७ गते सर्लाहिको बर्हथवामा हुने प्रदेश अधिवेशमा जिल्लाका सबै स्थानिय निकायका कर्मचारीसंघका सदस्यहरू सहभागी हुने निर्णय समेत गरेको छ ।
संघ बाराले सरकार सङ्ग विभिन्न माग समेत राखेको छ । मागहरुमा प्रदेश किताब खानाको ब्यवस्था,सिटोल दर्ता हुनुपर्ने तथा सेवा अवकाश उपदान तथा निबृती भरण कोषको स्थापना हुनुपर्ने माग गरेका छन ।
बैठकमा राजाराम साह,प्रभु पन्डित,बिजय कुमार सिंह,हरिनारायण प्रसाद,ओमप्रकाश साह,पुलिस चौधरी,पलट पन्डित,रामाधार साह,राजाराम ठाकुर,रुदल यादव लगायतकाको उपस्तिथि रहेको थियो ।







