साजिर मन्सूर 

कलैया,बैशाख २७

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित बडहर्वाको सफल होराईजन ईङ्लिश बोर्डिङ्ग स्कुलले आफ्नै  बिद्यार्थी माथी निर्घात कुटपिट र अत्याचार हुदा एक्सनमा असफल देखिएको पाईएको छ ।

राम्रो शिक्षा पाउने आशामा कलैया उपमहानगरपालिका १६ उतर झिटकैया निवासी जगत प्रसाद यादवले आफ्नो छोरालाई उक्त बिधालयमा पढाउदै आएपनी बिधालयको गैरजिम्मेवार रवैयाले अत्यन्तै दुखित भएको बताएका छन । उनका छोरा १६ बर्षिय कक्षा १० मा अध्ययनरत आयुस यादवलाई बिधालय बाहिरका केटाहरु गुन्डागर्दी शैलिमा बिधालयमा आएर गेट बाहिर बोलाई पर्खालमा टाउको ठोकी ठोकी निर्घात कुटपिट गर्दा बिधालय प्रशासनले अलिकति पनि चासो नदेखाएको प्रती सबै अभिभावकहरु आक्रोशित भएका छन । २६ गते शुक्रबार १ बजे टिफिनमा कुटपिट गरेको घटना भएपनी पिडकलाई उल्टै अभिभावक लाई खबर नगर्न दबाब दिएको र आफुहरुले बेलुकी छोरा घरमा आएपछि खबर पाउँदा अत्यन्तै दुखित बनेको पिडित बिद्यार्थीका बुवा जगत यादवले जानकारी गराए । हिजो प्रादेशिक अस्पताल कलैया मा चेकजाँच गराएर गएको आज शनिबार भएकाले भोलि आईतवार बिधालय प्रती मुद्दा दिने तैयारी गरिएको पिडित बिद्यार्थी का दाई केशव नाथ यादवले जनाएका छन । बिधालय प्रति अपार बिश्वास गरेर बच्चालाई पढाउन खोजेपनी बिधालय को रबैया अलिकति पनि राम्रो नभएको र केवल अभिभावकको रगत चुस्ने बाहेक केही नगरेको दाई यादवले बताए । उनले कानुन अनुसार बिधालय उपर मुद्दा दिईने र न्याय पाउने आशामा रहेको बताएका छन । बिगत १४ बर्ष देखि सोही बिधालयमा आफ्ना ४ जना छोराछोरी पढाएको र आफ्नो परिवारका मात्र १० जना जति बिद्यार्थी पढाउदा पनि यस्तो ब्यवहार गर्ने प्रीन्सिपल तथा सन्चालक राजु तिमिल्सिना सङ्ग यो बारेमा जानकारी गराउदा उल्टै बाहिरका बाउन्सर ल्याएर आफुहरुलाई धम्की पारा देखाएको दाई यादवले भनेका छन । यसरी बिद्यार्थी र अभिभावक प्रती बिधालयको गैरजिम्मेवार रबैया भएको बाताबरणमा कसरी अभिभावकले आफ्ना नानिबाबुलाई त्यहा भर्ना गराउने उनले दुखेको पोखे । दिनभर घाउ चोट लाग्दा अलिकती दवाई पनि नलगाईदिने कस्तो कठोर बिधालय प्रशासन रहेको भन्दै अभिभावकहरु आक्रोशित भएका छन । बिद्यार्थीमाथी अन्य पनि खालका यातना दिन सक्ने प्रवृत्ति देखिएकोले बिधालय प्रशासन माथी स्थानिय सरकार र प्रहरी प्रशासनले निस्पछ छानबिन गर्नुपर्ने माग समेत अभिभावकले गर्न थालेका छन ।

यस बारे बिधालयका सन्चालक राजु तिमिल्सिनाले बिधालयको पुर्व बिद्यार्थी र पिडित बिद्यार्थीमा सामान्य झगडा भएको आफुले खबर पाउना साथ पिडित बिद्यार्थी लाई लगेर ब्यान्डेज लगाएर राखेको बताए । आफुले पिडकलाई तत्काल उपस्थिति गराउने र दोषिलाई सजाय दिलाउन पहल गर्ने भने पनि आफ्नो श्रीमतिलाई तत्काल उपचारका लागि लिएर जानुपर्दा पीडित बिद्यार्थी को अभिभावकलाई खबर गर्न बिर्सेको र त्यो आफ्नो गल्ती भएको स्विकार गरेका छन । सबै बिद्यार्थी मेरा आफ्ना परिवार को सदस्य झै भएकोले कसैमाथि अन्याय हुन नदिने उनले बताउदै पीडित बिद्यार्थी को अभिभावकलाई बसेर समस्या समाधान गर्न आग्रह गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर