साजिर मन्सूर
कलैया,बैशाख २९
कलैया उपमहानगरपालिकालाई आज एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कलैयाको सबै २७ वटा वडा पुर्ण खोप सुनिश्चितता घोषणा भएसङ्गै आज करण राज प्यालेशमा एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिका लाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जनाएका छन ।
कलैया उपमहानगरपालिकामा ० देखी ११ महिना सम्मका बालबालिकाको संख्या २९१६ रहेको स्वास्थ शाखा प्रमुख अजय जयस्वालले जनाएका छन । त्यस्तै १२ देखी २३ महिनाको बालबालिकाको संख्या २८२७ रहेको, १५ देखी २३ महिनाको बालबालिकाको संख्या १८५६ रहेकोमा सबै लाई पाउनु पर्ने सम्पूर्ण खोप लगाई पूर्णखोप सुनिशिचतता गरिएको जयस्वालले जनाए । जिल्ला खोप समन्वय समिति तथा पालिका खोप समन्वय समिति को अनुगमग गरी प्रमाणित भये पछि वड़ा खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता गर्ने गरेको छ ।
नेपालमा “पूर्ण खोप सुनिश्चितता पालिका” घोषणा गर्नका लागि स्थानीय तहले केही प्रमुख मापदण्डहरू पूरा गर्नुपर्छ। यी मापदण्डहरू स्वास्थ्य सेवा विभाग तथा परिवार कल्याण महाशाखाले तोकेको हुन्छन्, जुन सामान्यतः निम्नानुसार छन्:
१. खोप सेवामा पहुँच र उपलब्धता
पालिकाभित्र सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हुने सबै अनिवार्य खोपहरू निर्धारित उमेरभित्रै प्राप्त गरेका हुनुपर्छ।
खोप केन्द्रहरू सबै वडामा सञ्चालनमा हुनुपर्छ, वा आवश्यक दूरीमा सहज पहुँचमा हुनुपर्छ।
२. खोपको पूर्णता दर
एक वर्ष मुनिका ९५% भन्दा बढी बालबालिकाले सबै निर्धारित खोप लिएका हुनुपर्छ (Routine Immunization Coverage)।
३. खोप अभिलेख र अनुगमन
सबै खोप लिने बालबालिकाको विवरण अद्यावधिक रूपमा अभिलेख राखिएको हुनुपर्छ।
पल्स पोलियो, एमआर, जेई, र अन्य खोप अभियानहरूमा सहभागीता उच्च हुनुपर्छ।
४. जनचेतना र समुदाय सहभागिता
समुदायमा खोपको आवश्यकता र फाइदाका बारेमा जनचेतना फैलाइएको हुनुपर्छ।
समुदायस्तरमा महिला स्वास्थ्य स्वयम्सेविका, आमाबुबा समूह, स्थानीय नेतृत्वको सक्रिय भूमिका देखिनुपर्छ।
५. स्थानीय सरकारको प्रतिबद्धता
पालिकाले पूर्ण खोप सुनिश्चितता अभियानलाई नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिएको हुनुपर्छ।
आवश्यक बजेट विनियोजन तथा स्थानीय तहबाट प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिएको हुनुपर्छ।
यी सबै मापदण्डहरू पूरा गरेपछि स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायको मूल्यांकनको आधारमा पालिकालाई “पूर्ण खोप सुनिश्चितता पालिका” घोषणा गर्न सकिन्छ।
कलैयाका मेयर बिनोद साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि उप मेयर रौषण प्रविण, जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव,डाक्टर सुरेन्द्र साह,डा. बद्री दास,विभिन्न वडाका अध्यक्ष तथा सरोकारवाला को उपस्थिति रहेको थियो ।
कलैया उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले स्वागत गरेको कार्यक्रमको संचालन स्वास्थ्य शाखाका मनोज यादवले गरेका थिए ।







