निवेश तिमिल्सिना 

कलैया,बैशाख ३१

 नेपालका उपराष्ट्रपति रामसहाय यादवले आज बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित प्रादेशिक अस्पताल कलैयाको प्राङ्गणमा नव निर्मित ‘कलैया ब्लड बैंक’ को औपचारिक उद्घाटन गर्नुभयो। एक विशेष समारोहका बीच उपराष्ट्रपतिले रिबन काटेर ब्लड बैंकको उद्घाटन गर्नुभयो।

 

उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदान जस्ता मानवीय कार्यहरू समाजमा अतिनै आवश्यक र उच्च मूल्यका हुने बताउँदै ब्लड बैंक स्थापनाले बारा, पर्सा, रौतहट लगायतका जिल्लाका हजारौं बिरामीहरूलाई सहज रक्त आपूर्ति हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, “समयमै रगत नपाएर मानवीय क्षति हुनु दुःखद हो। यस्तो संस्थाले यस्ता समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

 

कलैया ब्लड बैंकको निर्माण कलैया उपमहानगरपालिका र प्रादेशिक अस्पताल कलैयाको सहकार्यमा गरिएको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो।

 

समारोहमा संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपराष्ट्रपतिले ‘रक्तदान जीवनदान’ नारालाई आत्मसात गर्दै समाजमा रक्तदानको संस्कृतिको विकास आवश्यक रहेको धारणा राख्नुभयो।

 

छाया नेपालको सहयोगमा नव निर्मित ब्लड बैंक भवन सञ्चालनमा आएपछि यस क्षेत्रका अस्पतालहरूलाई समयमै सुरक्षित रगत उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार