बिश्वास डेस्क
कलैया,जेष्ठ १
साना सिंचाई कार्यक्रम अन्तर्गत ८५ प्रतिशत अनुदानमा स्यालो ट्युववेल जडान गर्नका लागि बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर १२ का १३३ किसानलाई कृषि मोटर वितरण गरिदै छ। पूर्व कृषि मन्त्री प्रतिनिधि सभा सदस्य ज्वाला साहको विशेष पहलमा आयोजित कार्यक्रममा किसानहरूलाई मोटर हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री साहले किसानहरूको उत्पादन क्षमता अभिवृद्धि गर्ने र सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले साना सिंचाइ कार्यक्रम सञ्चालन गरिएको बताईन। “सिंचाइ सुविधाको अभावमा बाँझिने जमिन अब उपयोगमा ल्याइनेछ,” उनले भने, “यसले कृषिमा आत्मनिर्भरताको दिशामा ठूलो टेवा पुर्याउनेछ।”
कलैया उपमहानगरपालिका कार्यालयको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा प्रत्येक किसानलाई अनुदानमा कृषि मोटर उपलब्ध गराइएको हो। कुल लागतको ८५ प्रतिशत अनुदान सरकारले व्यहोरेको छ भने बाँकी १५ प्रतिशत किसानहरूले आफूले व्यहोरेको वडा अध्यक्ष लालबाबु महतोले बताएका छन्। उनले आज ९८ वटा बितरण गरिने र बाकी रहेकोलाई आवस्यक प्रक्रिया पुगेपछि बितरण गरिने बताए ।
स्थानीय किसानहरू यस कार्यक्रमबाट उत्साहित देखिएको वडाका ज्येष्ठ नागरिक किसान धुरेन्द्र साह गोढले बताए । किसान हिरालाल साह गोढ भन्छन्, “हामीजस्ता साना किसानका लागि यस्तो सहयोग प्रेरणादायक छ। अब सिंचाइको अभावमा खेत बाँझो राख्नुपर्दैन।”
श्री महाधन लछ्मी कृषि सहकारी संस्था मार्फत सो कृषि मोटर बितरण गरिएको छ । संस्थाका अध्यक्ष बिनोद साह तेलिको अध्यक्षता एवम प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री माननीय ज्वाला साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा
नेकपा एमाले बाराका सचिव अमृत बजगाई,वडा नम्बर १२ का वडा अध्यक्ष लालबाबु महतो,२७ का अध्यक्ष अशोक तिवारी,एमाले नेता राजमहमद राय,एमाले प्रदेश कमिटी सदस्य पुलिस मिया अन्सारी,एमाले युवा नेता मुस्तुफा अन्सारी, वडा सदस्य रामेश्वर महतो कोईरी,पार्वती देबि दुसाधिन,वडा सचिव रामबाबु कुश्वाहा,बैजनाथ अहिर स्थानिय कपिलदेव साह गोढ,गौरीशंकर महतो,वकिल मन्डल,हरिन्द्र यादव,कलैया उपमहानगरपालिका कृषि बिकास शाखा प्रमुख कुन्दन यादव,पशु अधिकृत डाक्टर मनिष मन्डल,पशु प्राविधिक रमेश राम लगायतकाको उपस्थिति रहेको थियो ।







