साजिर मन्सूर 

कलैया,जेष्ठ २

देशको सञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको जनचेतना खबर ले आफ्नो नयाँ कार्यालयको उद्घाटन एक समारोहबीच सम्पन्न गरेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने मोतिबागमा कार्यालय संचालनमा आएको हो ।कलैयाका विभिन्न दलका सकृय युवा नेता समाजसेवीहरुले कार्यालय उदघाटन सामुहिक रुपमा गरेका हुन ।

अतिथिहरुले उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनचेतना खबरले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको मार्ग अपनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सम्पादक सम्पादक श्यामल कुमार गिरिले कार्यालय स्थापनाको उद्देश्य र भावी योजनाहरूको बारेमा प्रकाश पार्दै भन्नुभयो, “हामी नागरिकको आवाजलाई प्राथमिकतामा राखेर जनचेतनाको सशक्त माध्यम बन्ने प्रयासमा छौं।”

सो अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले शुभकामना व्यक्त गर्दै जनचेतना खबरको सफलताको कामना गरे।

उद्घाटन समारोहमा पत्रकार, साहित्यकार, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

सो अवसरमा पुर्व प्रदेश सभा सदस्य पारस साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,माओवादी केन्द्रका युवा नेता मुकेश साह,बिबेकशिल साझा पार्टीका नेता अधिवक्ता डा.सुशील साह,जनमत पार्टीका नेता बिकाश सिंह,संतोष पटेल,काङ्ग्रेस युवा नेता ईन्जाद अन्सारी लगायतकाको उपस्थिति थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर