साजिर मन्सूर 

कलैया,जेठ २

अब पनि बिधुतको

अब पनि बिधुतको समस्या समाधान नभए अर्को बर्षदेखी बारा सदरमुकाम कलैयामा बिना बिधुत बस्नुपर्ने दिन आउन सक्ने डरलाग्दो कुरा बाहिर आएको छ । नेपाल बिधुत प्राधिकरण कलैया का प्रमुख ईन्जिनियर हिमान्सु कुमार यादवले सबैलाई लाईन चाहिने तर बिधुत पोल गाड्न कसैले नदिने प्रवृत्तिले समस्या बढ्दै गएको बताएका छन । केही केही ले कलैयामा लाईन जादा वहालाई के फाईदा भनेको पनि सुन्नमा आउनु बिडम्बना भएको बताए ।

नेपाल बिद्युत प्राधिकरण, कलैया शाखाले भने प्रविधिगत समस्या तथा मर्मत सम्भारका कारण अस्थायी रूपमा बिद्युत सेवा प्रभावित भएको जनाएको छ। शाखा प्रमुख ईन्जिनियर हिमान्शु कुमार यादवका अनुसार, “लाइनको भार बढेको, उपकरण मर्मत, र अन्य प्राविधिक कारणले केही समय बिद्युत आपूर्तिमा बाधा आएको हो। यादवले पहिलाको तुलनामा भार अत्यधिक वृद्धि भएको र स्रोत अपुग रहेको बताए ।

लोड बढी भएको कारण 33 केभी लाईन को सर्किट बारम्बार ट्रीप हुने गरेको समस्या समेत थपिएको हो ।

हुरि बतास,बर्षा को कारण,नया लाईन बनाउदा वा ट्रान्सफरमर जडान अपग्रेड गर्दा गर्दा लाईन काटेर कार्य गर्नु पर्ने भएकोले पनि केही समस्या हुनेगरेको बताए ।

यादवले हुकिङ्ग गरी विद्युत चुहावट गर्दा तार जुद्धने र यसले फ्युज जाने, तार झरने,Transformer जलने समेत सम्स्या आउदा पनि लाईन कट्ने गरेको बताए । Low Ratting conductor बदलि गर्दा विरगंज क्षेत्रको स्थानिय हरुले 33 केभि को लाईन ल्याउन नदिदिएकोले समस्या बल्झेको बताए । प्रमुख यादवले बिधुत चोरी पनि धेरै बढेकाले सबै संबंधित पालिका प्रमुख ज्युले यसमा ध्यानाकर्षण हुनुपर्ने उनले बताएका छन ।

यता बितरण केन्द्रका सुपरभाईजर दिपेन्द्र कुमार साहले तत्काल पहल गरेर केही कार्य गराउन जनता, जनप्रतिनिधि र  सरोकारवालाले सहयोग गरे कलैयाको बिधुत कट्ने समस्या समाधान भएर जाने सुझाव दिएका छन । साहले दिएका सुझावमा पिलुवा – कलैया ३३ केभि लाई यथाशीघ्र सुचारु गर्नु पर्ने

② कोल्भि ३३ केभी लाईन सुचारु हुने अवस्थामा रहेकोले कोल्बी – १, महवामा स्थानिय व्यक्ति को अवरोधको कारण  सुचारु हुन नसकेकोले कलैयाको लोड घटाउन सम्स्या देखिएको बताएका छन । उनले ४ बर्ष देखि आफुहरु जति गरेपनी सफल नभएकाले सबै सरोकारवालाको सहयोग माग गरेका छन ।

 

जे जति समस्या भएपनी समस्या समाधानका लागि प्राविधिक टोली अहोरात्र परिचालन गरिएको छ।”प्रमुख यादवले भने

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर